२०८३, १ श्रावण शनिबार

पोखरा घुम्न भारतीयलाई आग्रह

पोखरा घुम्न भारतीयलाई आग्रह

चिप्लेढुङ्गा, १८ माघ (: पोखराका पर्यटन व्यवसायीले पर्यटन नगरी पोखरा घुम्न भारतीयलाई आग्रह गरेका छन् । पर्यटकलाई पोखरा घुम्ने औपचारिक निम्तो दिन उत्तरपूर्वी भारत जाने भएका छन् । नेपालको पर्यटन क्षेत्रमा भारतीय पर्यटक आगमनले भूमिका खेल्ने हुँदा पर्यटन व्यवसायीले भारतलाई लक्ष्य गरेर ‘चलिए पोखरा’ जस्ता प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आइरहेका छन् ।

पोखरा पर्यटन परिषद्को आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा २१ सदस्यीय टोली यही माघ २२ गते पश्चिम बङ्गाल राज्यको सिलिगुढी जाँदैछ । पाँचदिने सो कार्यक्रममा भारतका महत्वपूर्ण शहर सिलिगुडी र गुवाहाटीमा बिक्री, बजार तथा प्रवद्र्धनात्मक भ्रमण आयोजना गरिएको परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले आज पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

भारतीय उत्तर पूर्वी ६ राज्यमा पर्यटन ब्यवसाय सञ्चालन गर्ने व्यवसायीको छाता सङ्गठन इस्टर्न हिमालय ट्राभल एण्ड अपरेटर एशोसियशन र पर्यटन परिषद्ले संयुक्त रुपमा आआफ्नो क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न उद्देश्यले संस्थागत सम्झौता गरेर सहकार्य गर्र्दै आएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । सन् २०१६ देखि शुरु भएको सो कार्यक्रम वार्षिक रुपमा सञ्चालन गरिएको छ । बङ्गाल ट्राभल मार्टमा सहभागी भई आसामसम्म पर्यटन प्रवद्र्धन गर्न जाने कार्यक्रम रहेको बताइएको छ ।

भारतीय सीमा शहर सिलिगुढी र गुवाहटीमा नेपालको पर्यटन बजार रहेको र भौगोलिक, ऐतिहासिक र परम्परागत सम्बन्धमा कारणले नेपाल भ्रमणमा आउने भारतीय पर्यटकको सङ्ख्या विगतका तुलनामा बढ्दै गएको जनाइएको छ । नेपाली भाषीबीबीच नेपाल ठूलो आकर्षण रहेको विगतका अनुभवले पुष्टि गरेको र आगामी दिनमा तिनको आगमन अझ बढ्ने कार्यक्रम संयोजक सञ्जयकान्त सिग्देलले जिकिर गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १८ माघ शुक्रबार  ७ : १५ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित