२०८२, ४ माघ आईतबार

कोलकाताबाट नेपालतर्फ सामान ढुवानी प्रक्रिया पूर्णरुपमा ठप्प

कोलकाताबाट नेपालतर्फ सामान ढुवानी प्रक्रिया पूर्णरुपमा ठप्प


काठमाडौं, माघ १८: कोलकाता बन्दरगाहबाट नेपालतर्फ सामान ढुवानी प्रक्रिया पूर्णरुपमा ठप्प भएको छ । रेलमार्गबाट आउने कन्टेनरमा विद्युतीय ट्रयाकिङ प्रणाली (इलेक्ट्रोनिक्स कार्गो ट्रयाकिङ सिस्टम–ईसीटीएस) कार्यान्वयन गरिने भएपछि स्थानीय भन्सार क्लियरेन्स एजेन्ट, रोड ट्रान्सपोर्ट वेलफेयर एसोसियसन र भारत–नेपाल ट्रक एण्ड टेलर अनर्स एसोसियसनले संयुक्त रुपमा नेपालतर्फको ढुवानी ठप्प पारेका हुन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजेश बर्माले लेखेका छन् ।

तेस्रो मुलुकबाट भारतको कोलकाता बन्दरगाह भएर सोझै नेपाल आइपुग्ने भएपछि स्थानीय एजेन्ट, ट्रक तथा ट्रेलर तथा ढुवानीकर्ताले अवरोध गरेका हुन् । यो अवरोधका कारण मंगलबारदेखि नेपालतर्फ कुनै पनि कन्टेनर हिँडेका छैनन् । आन्दोलन र अवरोधका कारण फरवार्डिङ प्रक्रिया पूरा भएका करिब एक सय कन्टेनर कोलकातामा बन्दरगाहमा अलपत्र परेका छन् ।

प्रकाशित मिति : २०७५, १८ माघ शुक्रबार  ७ : ३७ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ