२०८२, २४ चैत्र बुधबार

पत्नी बलात्कार आरोपमा आफ्नै पति पक्राउ

पत्नी बलात्कार आरोपमा आफ्नै पति पक्राउ


भक्तपुर, १५ माघ : पत्नीलाई उनको इच्छा र चाहना विपरीत जबर्जस्ती बलात्कार गरेको अभियोगमा मध्यपुर थिमिबाट एक पति पक्राउ परेका छन् । आफ्नै ३७ वर्षीय पत्नीले जबर्जस्ती बलात्कार गरेको जाहेरी दिएपछि मध्यपुरथिमि नगरपालिका–९ बोडे गाँकु बस्ने ४१ वर्षीय रञ्जन खड्कालाई महानगरीय प्रहरी वृत्त थिमिले पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।

यही माघ ४ गते आफ्नै पतिले जबर्जस्ती बलात्कार गरेको भन्दै श्रीमतीले यही माघ ६ गते जोहेरी दिएपछि सोही दिन प्रसूति गृह थापाथलीमा महिलाको स्वास्थ्य परीक्षण गरी खड्कालाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । प्रहरीले वैवाहिक बलात्कार ऐनअन्तर्गत मुद्दा चलाएर घटनाको थप अनुसन्धान जारी राखेको प्रनाउ केसीले जानकारी दिनुभयो ।

भक्तपुरमा वैवाहिक बलात्कारको घटनामा उजुरी आएको यो दोस्रो घटना भएको प्रहरी उपरीक्षक हिमालय केसीले जानकारी दिनुभयो । उहाँका अनुसार गत जेठ २३ गते सूर्यविनायक नगरपालिका–७ स्थित ३४ वर्षीया पत्नीले आफ्नो शारीरिक र मानसिक अवस्था ठीक नभएको अवस्थामा समेत २०७३ भदौदेखि २०७४ साल चैत २ गतेसम्म पतिले पटक पटक बलात्कार गरेको जाहेरी दिएकी थिइन् । आफ्ना पति उदयपुर त्रियुगा नगरपालिका–१ का ४२ वर्षीय विशाल भन्ने तेजप्रसाद खतिवडाले बलात्कार गरेको अभियोगमा पक्राउ पुर्जी जारी गरे पनि हालसम्म फरार रहेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, १५ माघ मंगलबार  ७ : ५५ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि