२०८२, २९ जेष्ठ बिहीबार

आफ्नै घरभित्र अर्धनग्न अवस्थामा किशोरीको शव फेला

आफ्नै घरभित्र अर्धनग्न अवस्थामा किशोरीको शव फेला


लहान, १५ माघ : अर्धनग्न अवस्थामा सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीकी एक किशोरीको शव आफ्नै घरभित्र भेटिएपछि प्रहरीले मृतकका बाबुलाई पक्राउ गरेको छ । सप्तरीको बलानबिहुल गाउँपालिका–४ की १६ वर्षीया सरिताकुमारी बडहीको शव अर्धनग्न अवस्थामा आफ्नै घरमा भेटिएपछि प्रहरीले मृतकका बबु तुरुन्तीलाल बडहीलाई पक्राउ गरेको हो । सरिताको शव गएराति अर्धनग्न अवस्थामा आफ्नै घरभित्र फेला पारेको जनाएको छ ।

घरको भित्रबाट चुकुल नलागेको, शव अर्धनग्न अवस्थामा रहेको र मृतकको शरीरको केही भागमा चोटपटक तथा गालामा दाँतले टोकेको जस्तो दागसमेत देखिएकाले घटना शङ्कास्पद लागेकाले मृतकका पिता तुरन्तीलाललाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक सुरेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । शव भित्ता छेउमा खाटमुनि लडेको र मृतकका बाबु घरबाहिर बरण्डामा सुतिरहेको तथा मृतककी आमासमेत फरार रहेकाले घटना थप रहस्यमय भएको स्थानीयवासीले आशङ्का गरेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, १५ माघ मंगलबार  ६ : २२ बजे

प्रतिनिधिसभाबाट असार १५ भित्रै शिक्षा विधेयक पारित हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार र नेपाल शिक्षक महासंघबीच

पत्रकार नेताहरुको आक्रोश : अदालतको अदेशविरुद्ध आन्दोलन गर्छौं

काठमाडौं । मिडियामाथि अदालतको अंकुश संविधान, कानुन र अन्तर्राष्ट्रिय मुल्य

पूर्वसांसद आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालो मोसो प्रहार

रौतहट । रौतहट राजपुर बमकाण्डमा जन्मकैद पाएका काँग्रेस पूर्वसांसद आफताब

अखिलको अध्यक्षका लागि सुजन कडरिया र प्रकाश पौडेलको उम्मेदवारी दर्ता, आज मतदान हुने

काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी

आइसिसी विश्वकप लिग २ : नेदरल्याण्ड्स माथि नेपालको दोस्रो जित

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा