२०८३, २४ भाद्र बिहीबार

आफ्नै घरभित्र अर्धनग्न अवस्थामा किशोरीको शव फेला

आफ्नै घरभित्र अर्धनग्न अवस्थामा किशोरीको शव फेला


लहान, १५ माघ : अर्धनग्न अवस्थामा सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीकी एक किशोरीको शव आफ्नै घरभित्र भेटिएपछि प्रहरीले मृतकका बाबुलाई पक्राउ गरेको छ । सप्तरीको बलानबिहुल गाउँपालिका–४ की १६ वर्षीया सरिताकुमारी बडहीको शव अर्धनग्न अवस्थामा आफ्नै घरमा भेटिएपछि प्रहरीले मृतकका बबु तुरुन्तीलाल बडहीलाई पक्राउ गरेको हो । सरिताको शव गएराति अर्धनग्न अवस्थामा आफ्नै घरभित्र फेला पारेको जनाएको छ ।

घरको भित्रबाट चुकुल नलागेको, शव अर्धनग्न अवस्थामा रहेको र मृतकको शरीरको केही भागमा चोटपटक तथा गालामा दाँतले टोकेको जस्तो दागसमेत देखिएकाले घटना शङ्कास्पद लागेकाले मृतकका पिता तुरन्तीलाललाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक सुरेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । शव भित्ता छेउमा खाटमुनि लडेको र मृतकका बाबु घरबाहिर बरण्डामा सुतिरहेको तथा मृतककी आमासमेत फरार रहेकाले घटना थप रहस्यमय भएको स्थानीयवासीले आशङ्का गरेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, १५ माघ मंगलबार  ६ : २२ बजे

नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

काठमाडौं । नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले

एप्पलको फोल्डेबल ‘आईफोन डुओ’ सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । एप्पलले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ’ सार्वजनिक

यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी

आज देशभर बदली : यी क्षेत्रमा भारी वर्षा र चट्याङको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न प्रदेशमा

सरकार जनताको समस्या समाधान गर्न असफल : सन्तना दाहाल न्यौपाने

ललितपुर । नेकपा (एमाले) ले वर्तमान सरकार जनताका समस्या समाधान गर्न