२०८३, ७ कार्तिक शनिबार

किशोरी बलात्कार गर्ने विरुद्ध मुद्दा दर्ता

किशोरी बलात्कार गर्ने विरुद्ध मुद्दा दर्ता


सप्तरी, १४ माघ : प्रहरीले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा खडग नगरपालिका–७ कल्याणपुरका १९ वर्षीय मो. सनाबुलविरुद्ध उजुरी दर्ता गरेको छ ।

अग्नीसाइर कृष्णासवरन गाउँपालिकास्थित शनि मन्दिर घुम्न भनी फकाइ मोटरसाइकलमा शनिबार लगेका आरोपितले मन्दिर घुमेपछि साँझ आफ्नो साथी विशाल पासवानको कल्याणपुरस्थित घरमा लगी बलात्कार गरेको पीडितले बताइन् । आरोपितले मोबाइल खोसी आफूसँग हिँडन बाध्य पारेको उनले बताइन् । घटनाका बेला विशालसहित परिवारका सदस्य कोही पनि घरमा थिएनन ।

पीडितले होहल्ला गरेको सुनेर घटनाका बारेमा थाहा पाएका छिमेकीले आरोपितलाई कुटपिट गरी इलाका प्रहरी कार्यालय कल्याणपुरको जिम्मा लगाएका हुन् । पीडितका बुबाले आइतबार दिएको उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, १४ माघ सोमबार  ९ : ०६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना