२०८२, ४ माघ आईतबार

हिमपातले चिनियाँ सामान आयात ठप्प

हिमपातले चिनियाँ सामान आयात ठप्प


रसुवा, १३ माघ: हिमपातले सडक अवरोध भएका कारण नेपालको उत्तरीनाका रसुवागढीबाट चिनियाँ सामानको आयात बन्द भएको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार हिमपातले चिनियाँ भूभागको सडक तीन दिनदेखि बन्द भएको आफुले जानकारी पाएको र मालसामान लिन गएका कुनै पनि मालवाहक सवारी साधन फर्किएका छैनन् ।

तीन दिनअगाडि भन्सार हातामा प्रवेश गरेका मालवाहक सवारी साधनको सामान मात्र परीक्षण गरी काठमाडौँतर्फ पठाउन छोडपुर्जी दिने काम भने अगाडि बढेको भन्सारले जनाएको छ । रसुवागढीनाकाबाट करीब ३०० मालवाहक सवारी साधन मितेरीपुलबाट केरूङतर्फ गएको सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्मका गुल्मपति प्रहरी नायब उपरीक्षक जीवन केसीले जानकारी दिनुभयो ।

केरूङको बजारमा एक फिटभन्दा अग्लो हिमपात भएको र कोठाबाट बाहिर निस्कन सक्ने अवस्था नरहेको मालसामान लिन गएका सवारी चालकले जानकारी पठाएका छन् । रसुवागढीबाट २३ किलोमिटर पर केरूङ बजारको र अधिकांश सडकमा मोटरका टायर गुडाउन सक्ने अवस्था नरहेको सवारी चालकले बताएका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, १३ माघ आईतबार  ८ : ४३ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ