२०८३, २४ भाद्र बिहीबार

काभ्रे तेमालका स्कुले बालबालिकालाई झोला वितरण

काभ्रे तेमालका स्कुले बालबालिकालाई झोला वितरण


काठमाण्डौ,१३ माघ: काभ्रेको तेमाल गाउँपालिकाका बालबालिकालाई झोला वितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ६ यङसिलमा रहेको कालिदेवी आधारभूत विद्यालयका बालबालिकालाई झोला वितरण गरिएको हो ।

हुम्लाका थिन्ले दोर्जे लामाको आर्थिक सहयोगमा ओम नेपालले ४५ जना बालबालिकालाई झोला वितरण गरेको हो । झोला वितरण कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष जीतराम लामाले सरकार र सामाजिक संघसंस्थाहरु बीच विकास निर्माण, सचेतना लगायतका बिषयमा प्राप्त ज्ञान साटासाटले मात्रै मुलुक समृद्धिको गन्तब्यमा पुग्ने बताए । “एकले सिकेको सिप अर्कोलाई हस्तान्तरण गर्दै भयो भने मात्रै दिगो हुन्छ, उनले भने “सामाजिक रुपान्तरण एकै क्षेत्रले गरेर मात्रै हुदैँन, सबैको हात्तेमालो हुनुपर्छ ।”

कार्यक्रममा बोल्दै सामाजिक अभियान्त मिना श्रेष्ठले सामाजिक संघसंस्थाहरुको सहयोग दुर्गम र विपन्न क्षेत्रमा पुगेको भन्दै अझ यसको दायरा फराकिलो पार्नु पर्नेमा जोड दिइन् । झोलासँगै कापी, कलम, इरेजर लगायतका शैक्षिक सामग्री पनि वितरण गरिएको संस्थाका अध्यक्ष खुसराज लामाले जानकारी दिए ।

नयाँ झोला पाएपछि बालबालिकाहरु खुशी भएका छन् । विद्यालयका प्रधानाध्यापक सार्कीमान तामाङले बालबालिकाहरुको पठनपाठनमा थप हौसला मिल्ने बताए ।

प्रकाशित मिति : २०७५, १३ माघ आईतबार  ७ : ११ बजे

नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

काठमाडौं । नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले

एप्पलको फोल्डेबल ‘आईफोन डुओ’ सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । एप्पलले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ’ सार्वजनिक

यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी

आज देशभर बदली : यी क्षेत्रमा भारी वर्षा र चट्याङको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न प्रदेशमा

सरकार जनताको समस्या समाधान गर्न असफल : सन्तना दाहाल न्यौपाने

ललितपुर । नेकपा (एमाले) ले वर्तमान सरकार जनताका समस्या समाधान गर्न