२०८२, २४ पुस बिहीबार

काभ्रे तेमालका स्कुले बालबालिकालाई झोला वितरण

काभ्रे तेमालका स्कुले बालबालिकालाई झोला वितरण


काठमाण्डौ,१३ माघ: काभ्रेको तेमाल गाउँपालिकाका बालबालिकालाई झोला वितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ६ यङसिलमा रहेको कालिदेवी आधारभूत विद्यालयका बालबालिकालाई झोला वितरण गरिएको हो ।

हुम्लाका थिन्ले दोर्जे लामाको आर्थिक सहयोगमा ओम नेपालले ४५ जना बालबालिकालाई झोला वितरण गरेको हो । झोला वितरण कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष जीतराम लामाले सरकार र सामाजिक संघसंस्थाहरु बीच विकास निर्माण, सचेतना लगायतका बिषयमा प्राप्त ज्ञान साटासाटले मात्रै मुलुक समृद्धिको गन्तब्यमा पुग्ने बताए । “एकले सिकेको सिप अर्कोलाई हस्तान्तरण गर्दै भयो भने मात्रै दिगो हुन्छ, उनले भने “सामाजिक रुपान्तरण एकै क्षेत्रले गरेर मात्रै हुदैँन, सबैको हात्तेमालो हुनुपर्छ ।”

कार्यक्रममा बोल्दै सामाजिक अभियान्त मिना श्रेष्ठले सामाजिक संघसंस्थाहरुको सहयोग दुर्गम र विपन्न क्षेत्रमा पुगेको भन्दै अझ यसको दायरा फराकिलो पार्नु पर्नेमा जोड दिइन् । झोलासँगै कापी, कलम, इरेजर लगायतका शैक्षिक सामग्री पनि वितरण गरिएको संस्थाका अध्यक्ष खुसराज लामाले जानकारी दिए ।

नयाँ झोला पाएपछि बालबालिकाहरु खुशी भएका छन् । विद्यालयका प्रधानाध्यापक सार्कीमान तामाङले बालबालिकाहरुको पठनपाठनमा थप हौसला मिल्ने बताए ।

प्रकाशित मिति : २०७५, १३ माघ आईतबार  ७ : ११ बजे

कांग्रेस मुख्यालयमा लफडा, नेताहरू वैकल्पिक ढोकाबाट प्रवेश

काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर विशेष महाधिवेशन पक्षधर

वीरगन्जमा तनाव नियन्त्रणका लागि आज साँझ ६ बजेसम्म कर्फ्यु जारी

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले आज साँझ ६ बजेसम्म

रामबहादुर ‘बादल’ संयोजक बनाउँदै एमालेको निर्वाचन कमिटी गठन

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचन तयारीका लागि निर्वाचन परिचालन

प्रदेशस्तरीय नेतृत्व सुदृढ पार्दै एमालेले बाँडे जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले प्रदेश र संगठन विभागका संयोजकको जिम्मेवारी

एमाले अध्यक्षओलीद्वारा एनजीओ-डोनरको एजेन्डा बोकेको दलप्रति कडा टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय