२०८२, १७ मंसिर बुधबार

गर्भपतनका आरोपित छ जनालाई कैद सजाय

गर्भपतनका आरोपित छ जनालाई कैद सजाय


सप्तरी, १३ माघ: सप्तरीको शम्भुनाथ नगरपालिका–२ खैरबोनाकी २८ वर्षीया पुनमदेवी साहको गर्भपतन गराउने छ जना आरोपितलाई जिल्ला अदालतले आज कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले कुटपिट गरी चार महीनाको गर्भपतन गराएको आरोपमा सोही ठाउँकी ४८ वर्षीया रफिदन खातुन, निजका छोरा लुकमान मियाँ, छोरी महिरून खातुन, मो जालम मियाँ, जमिला खातुन र भुवन साहलाई जनही तीन महीनाको कैद सजायको फैसला गरेकोे छ ।

आरोपितले घर छेउमा कथित बोक्सीलाई घर बनाएर बस्न नदिने भन्दै कुटपिट गरी गर्भपतन गराएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले कारवाही प्रक्रिया बढाएको थियो । आरोपितमध्ये रफिदन २०७३ साल माघ १९ गते पक्राउ परेकी थिइन् भने पक्राउ नपरेका अन्य आरोपितविरुद्ध जिल्ला अदालतले म्यादी पुर्जी जारी गरेपछि अदालतमा हाजिर भएका थिए । तत्कालीन जिल्ला न्यायाधीश रोशन गजुरेलको आदेशमा आरोपित धरौटीमा रिहा भएका थिए । पीडितको रुपनी र राजविराजस्थित अस्पतालमा उपचार भएको थियो भने धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गर्भपतन भएको भ्रूणको शव परीक्षण गरिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १३ माघ आईतबार  ७ : ०१ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी