२०८३, १८ आश्विन सोमबार

काभ्रेको धुलिखेलमा सोनाम ल्होछारको तयारी तीब्र

काभ्रेको धुलिखेलमा सोनाम ल्होछारको तयारी तीब्र


काठमाण्डौँ, १३ माघ: काभ्रेको धुलिखेलमा तामाङ समुदायको महान चाड सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

२८५५ औँ फाग (ढ्वा) अर्थात सुँगुर बर्षको अवसरमा खाना महोत्सवको समेत आयोजना गरिएको छ । तामाङ समुदायको खानाका परिकार समेत प्रबद्र्धन गर्ने उद्देश्यले सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम एवं खाना महोत्सवको आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक सिबी लामाले जानकारी दिए ।

आइतबार धुलिखेलमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार धुलिखेलको पुरानो बसपार्कमा १८ गते साँस्कृतिक कार्यक्रम एवं खाना महोत्सव हुने छ । महोत्सवमा तामाङ समुदायको संस्कृति झल्कने विभिन्न नाचहरु प्रदर्शन गरिन्छ । त्यस्तै खानाका परिकार समेत राखिने छ । “हाम्रा पुर्खाको सम्मानका लागि पनि हामी युवा पुस्ता ल्होछारलाई मौलिक बनाउने प्रयत्न गरिरहेका छौँ, संयोजक लामाले भने “पयर्टकीय नगर धुलिखेलमा आउने पयर्टकहरुले हाम्रो कला र संस्कृति हेरेर रमाउन पाउँछन् ।”

महोत्सवमा २० वटा भन्दाबढी खानाका स्टलहरु हुने छन् । महोत्सवलाई सफल पार्न ११ सदस्य मूल आयोजक समिति समेत गठन गरिएको छ । समितिले प्रचारप्रसार देखि ब्यवस्थापनको काम गर्नेछ । धुलिखेल नगरपालिकाको सहयोगमा नेपाल तामाङ घेदुङ धुलिखेल नगर कमिटी र नेपाल नगर जनजाती परिषद्ले महोत्सवको आयोजना गरेका हुन् ।

प्रकाशित मिति : २०७५, १३ माघ आईतबार  ६ : १९ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय