२०८२, १६ मंसिर मंगलबार

अब, सरकारी मेडिकल कलेजमा ७५ प्रतिशतसम्म छात्रवृत्ति

अब, सरकारी मेडिकल कलेजमा ७५ प्रतिशतसम्म छात्रवृत्ति


काठमाडौँ, माघ १३ : सरकारी मेडिकल कलेजले अब ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने पर्ने भएको छ । संघीय संसद्का प्रतिनिधि सभाले शुक्रबार पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा यस्तो व्यवस्था छ । यसअघि १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइँदै आएकोमा डा. गोविन्द केसीसँगको सम्झौताअनुसार सरकाले थप गरेको हो ।

स्नातक तहको कार्यक्रममा उपलब्ध सिट संख्याको कम्तीम ७५ प्रतिशत निशुल्क छात्रवृत्तिका लागि छुट्टयाउने पर्ने विधेयकमा व्यवस्था छ । ‘आयोगको परामर्शमा त्यस्तो सिट क्रमश : वृद्धि गर्दै लैजान सकिन्छ,’ विधेयकमा उल्लेख छ ।

सरकारी, सार्वजनिक गुठी र अन्य शिक्षण संस्थाले यो व्यवस्था कार्यान्वयन गर्नु पर्ने हुन्छ । सार्वजनिक सम्पत्ति प्रयोग गरी स्थापित मेडिकल कलेजले समेत यो सुविधा उपलब्ध गराउनु पर्छ । यो समाचार कान्तिपुरमा मकर श्रेष्ठ र सुदीप कैनीले लेखेका छन् ।

प्रकाशित मिति : २०७५, १३ माघ आईतबार  ८ : ३१ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी