२०८२, २ आश्विन बिहीबार

गाडी दुर्घटनामा एसपीको मृत्यु, सिडिओ गम्भीर घाइते

गाडी दुर्घटनामा एसपीको मृत्यु, सिडिओ गम्भीर घाइते


बारा, १२ माघ : शनिबार कर्मचारी मिलन केन्द्रको पिकनिकमा गएर फर्किर्दै गर्दा बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश भट्टराई चढेको गाडी दुर्घटनामा परेको छ। सहिद हिरालाल गौतमको स्मृति पार्कमा आयोजित पिकनिक सकेर फर्किदै गर्दा सिडिओ सवार गाडी दुर्घटनामा परेको हो। दुर्घटनामा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेलको मृत्यु भएको हो।

गाडीमा सवार सिडिओ गम्भीर घाइते छन् भने चालकसहित अन्य तीनजना घाइते छन्। सिडिओ सवार गाडी पथलैया निजगढ सडकखण्डको पसाहा पुलनजिक दुर्घटना भएको हो। सिडिओ सवार गाडी रोकिराखेको ट्याक्टरको ट्रेलरमा ठोक्किएर दुर्घटना भएको हो।

गाडी सडकबाट १० मिटर तल खसेको छ। गाडीमा सवार एसपी पोखरेललाई दुर्घटना लगत्तै सिमरास्थित अल्पाइन अस्पतालमा लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। गम्भीर घाइते सिडिओ भट्टराईलाई थप उपचारका लागि वीरगन्ज पठाइएको छ । गाडी चालक जगत पट्टेल, सशस्त्र प्रहरी हवल्दार सञ्जयकुमार यादव, नेपाल प्रहरीका हवल्दार शम्भु गुरुङको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २०७५, १२ माघ शनिबार  ९ : ४७ बजे

पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नीले गुमाइन् बायाँ हात

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले उपचारको क्रममा

अमेरिकाको पेन्सिलभेनियामा गोलीकाण्ड: तीन प्रहरीको मृत्यु, दुई गम्भीर घाइते

काठमाडौं । अमेरिकाको पेन्सिलभेनिया राज्यमा बुधबार भएको एक भीषण गोलीकाण्डमा

काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु

काठमाडौं । काठमाडौंको बनस्थलीमा बिहीबार बिहान सवारी दुर्घटनामा परेर एक

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको ऐतिहासिक

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा

काठमाडौं । नेपालप्रहरीमा ४८ जनावरिष्ठप्रहरी अधिकृत (एसपी)को सरुवा गरिएको छ।