२०८२, ४ माघ आईतबार

हिमपातले उत्तरी गोरखाको जनजीवन कष्टकर

हिमपातले उत्तरी गोरखाको जनजीवन कष्टकर


गोरखा, १२ माघ: गोरखाको उत्तरी क्षेत्रमा केही दिनदेखि परेको अत्यधिक हिमपातका कारण जनजीवन प्रभावित भएको छ । मङ्गलबार रातिदेखि परेको हिमपातका कारण त्यस क्षेत्रका स्थानीयवासीको जनजीवन कष्टकर बनेको हो । हिमपातका कारण सामागाउँ, ल्हो, प्रोक, बिही, सिर्दिबास, चुम्चेत, छेकम्पार, लाप्राकलगायतका क्षेत्रका बासिन्दा घर बाहिर निस्कनसमेत समस्या भएको स्थानीयवासीले बताएका छन् । “मौसममा सुधार भएसँगै बिहीबार केही कम भएको थियो”, धार्चे गाउँपालिका–४ लाप्राकका भीमराज गुरुङले भन्नुभयो, “शुक्रबार बेलुकीदेखि उस्तै भएको छ ।” अत्यधिक हिमपात भएपछि घरबाट बाहिर निस्कनसमेत समस्या भएको उहाँको भनाइ छ ।

हिउँले मानिस हिँड्ने पैदल बाटोसमेत ढाकिएपछि ओहोरदोहोर गर्नसमेत समस्या भएको गुरुङले जानकारी दिनुभयो । हिउँले लाप्राकको गुप्सीपाखा क्षेत्र पनि पूरै सेताम्मे बनेको उहाँले बताउनुभयो । भूकम्पपछि गैरआवासीय नेपाली सङ्घ (एनआरएन) निर्माण गर्न गरिरहेको एकीकृत नमूना बस्ती निर्माणको कामसमेत हिमपातका कारण प्रभावित भएकोे छ । त्यस्तै हिउँले जङ्गलमा रहेका बुट्यानसमेत ढाकिएको गुरुङले जानकारी दिनुभयो ।

अहिले करीब तीन फिटसम्म जमेको हिउँका कारण जनजीवन कष्टकर बनेको लाप्राककी आशामाया गुरुङले जानकारी दिनुभयो । “चिसोले गाह्रो भएको छ, घरभित्रै आगो तापेर बसेका छौँ”, उहाँले भन्नुभयो, “चिसोबाट बालबच्चा र वृद्धवृद्धा बढी समस्या भएको छ ।” हिउँका कारण घरपालुवा जनावरलाई पनि घाँस खुवाउन गाह्रो भएको गुरुङको भनाइ छ । हिउँले चिसो भए पनि हिउँ परेपछि स्थानीयवासी भने खुशी भएका उहाँले बताउनुभयो । हिउँ परेपछि जमीन मलिलो हुने र खेतीपाती राम्रो हुनेहँुदा किसान खुशी भएको गुरुङले जानकारी दिनुभयो । अहिले उत्तरी गोरखाको विभिन्न क्षेत्र हिउँ पर्ने क्रम जारी रहेको स्थानीयको भनाइ छ ।
-रासस

प्रकाशित मिति : २०७५, १२ माघ शनिबार  ७ : ४० बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ