२०८२, २७ माघ मंगलबार

जुफाल विमानस्थल तीन दिनपछि खुल्यो

जुफाल विमानस्थल तीन दिनपछि खुल्यो


डोल्पा, ११ माघ : हिमपातका कारण अवरुद्ध डोल्पाको जुफाल विमानस्थल तीन दिनपछि खुलेको छ । लगातारको हिमपात र वर्षात्का कारण अवरुद्ध जुफाल विमानस्थल घाम लागेर हिउँ पग्लेसँगै तीन दिनपछि आज खुलेको हो । विमानस्थल खुलेसँगै नेपालगञ्ज विमानस्थलदेखि तारा र समिट एयरलाइन्सले तीन वटा उडान गरेको छ । हिमपातले अवरुद्ध भएको विमानस्थल नखुलेका कारण नेपालगञ्ज र सुर्खेतदेखि कुनै पनि हवाई उडान नभएपछि यात्रुलाई सास्ती भएको थियो ।

हवाई मैदानमा जमेको बाक्लो हिउँ बिहीबार साँझ पग्लेसँगै अवरुद्ध भएको हवाई सेवा आजबाट सञ्चालन भएको नागरिक उड्डयन प्राधिकरण जुफालका प्रमुख बालकुमार सिंहले जानकारी दिनुभयो । हवाई उडान भएपछि जिल्ला बाहिर आवतजावत गर्ने सर्वसाधारणलाई सहज हुनुका साथै दैनिक उपभोग्य सामग्रीको ढुवानीसमेत शुरु भएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ११ माघ शुक्रबार  ८ : ५६ बजे

आज गाैरादहमा एमाले अध्यक्ष ओलीको स्थानीयसँग भेटघाट

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबार

मेघालयको अवैध कोइलाखानी विष्फोटमा ४ नेपालीको मृत्यु

खोटाङ । भारतको मेघालयस्थित अवैध कोइलाखानीमा माघ २२ गते भएको

एमाले सिन्धुली क्षेत्र नम्बर २ को निर्वाचन परिचालन कार्यालय स्थापना

सिन्धुली: आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बन्नु भएका

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २