२०८३, २८ श्रावण शुक्रबार

साउनदेखि सुत्केरी भत्ता गायब !

साउनदेखि सुत्केरी भत्ता गायब !


जितपुर, १० माघ :कपिलवस्तु वाणगङ्गा पिपरास्थित सरकारी अस्पतालबाट सुत्केरी भएका महिलाले साउनदेखि सुत्केरी भत्ता पाएका छैनन् । साउनयता १८९ जनाले उक्त भत्ताबापतको रकम नपाएको बताइएको छ । सुत्केरी भत्ताको निकासा वाणगङ्गा नगरपालिकाले नगरेकाले भुक्तानी दिन नसकिएको अस्पतालको भनाइ छ । चालू आर्थिक वर्ष २०७५÷२०७६ साउनदेखि मङ्सिरसम्ममा अस्पतालबाट सुत्केरी भएका र नियमित गर्भजाँच गराएका १८९ महिलाले उक्त सुविधा लिन नपाएको अस्पतालका डा देवी श्रेष्ठले जानकारी दिनुभयो ।

तर नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक कमल ज्ञवालीले सुत्केरी भत्ता समयमै निकासा भएर अस्पतालमै गएको दाबी गर्नुभएको छ । सुत्केरी भत्ता भनेर स्थानीय सरकारले ९स्थानीय तहले० रु एक हजार र गर्भवती भएको चार पटकसम्म स्वास्थ्य संस्थामै जाँच गराएबापतको रु ८०० यातायात खर्चसहित रु एक हजार ८०० पाउने प्रावधान रहेको छ । सेवाग्राहीले वाणगङ्गा नगरपालिकाले उक्त सेवा सुविधा नदिएको बुझेका छन् । तर नगरका स्वास्थ्य शाखाका संयोजक ज्ञवालीले समयमै निकासा भएको बताएपछि सो रकम कहाँ गयो रु गम्भीर प्रश्न खडा भएको छ ।

साउन १ देखि नगरपालिकाले दिने भनिए पनि नगरपालिकाबाट उक्त सुविधा नदिएको पिपरा अस्पतालकी नर्सिङ इञ्चार्ज पुतला खनालले दाबी गर्नुभयो । “अस्पतालमा आउने सुत्केरी महिलालाई नगरपालिकाले बजेट दिएको छैन भनेर पठाउने गरेका छौँ”, खनालले भन्नुभयो । अस्पतालको तथ्यांक अनुसार १८९ जना सुत्केरीले पाउनुपर्ने एक हजार ८०० का दरले हुन आउने रु तीन लाख ४० हजार २०० कहाँ गयो भन्नेबारे छानवीन पार्न नागरिक समाजले माग गरेको छ । उता नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ज्ञवालीले भने साउन १ गतेदेखि नै मासिकरुपमा निकासा दिएको दाबी गर्नुभएको छ । पिपरा अस्पतालले परिवार नियोजनसम्बन्धी साधन, गर्भवती जाँचलगायतका सेवासुविधा उपलब्ध गराउँदै आइरहेको छ ।

गर्भवतीका समयमा पहिलोपटक चार महीनामा, दास्रोपटक छ महीनामा, तेस्रोपटक आठ महीनामा र चाँैथोपटक नौ महीनामा गरी कम्तीमा चारपटक जाँच गर्न आएमा ती महिलालाई यातायात र न्यानो कपडा एक सेट पाउने अधिकारबाट यस क्षेत्रका सुत्केरी महिला बञ्चित भएका छन् । साउनअघि भने सुत्केरी महिलालाई यो सुविधा दिने गरेको वाणगङ्गा नगरपालिका–२ पिपरा कपिलवस्तु, पिपरा अस्पतालकी नर्सिङ इञ्चार्ज खनालले जानकारी दिनुभयो । साउनदेखि नगरपालिकाले दिने भने पनि अहिलेसम्म सेवाबापतको रकम नदिएको उहाँले प्रष्ट्याउनुभयो । गत वर्ष २०७४÷२०७५ मा २३० जना महिलाले यहाँबाट उक्त सुविधा लिएका थिए भने विसं २०६९ मा स्थापना भएको अस्पतालले सुत्केरी सुविधा दिँदै आइरहेको अस्पतालले जनाएको छ । अस्पतालमा प्रत्येक महीना कम्तीमा ४०–५० महिला स्वास्थ्य उपचार गराउन आउने गरेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, १० माघ बिहीबार  ८ : ०३ बजे

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व

बागमतीमा जेएन थपलियाविरुद्ध अविश्वास प्रस्ताव : १८ सांसदको समर्थन, को–को छन् सूचीमा ?

हेटौँडा । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलभित्रको विवाद थप

किशोर श्रेष्ठलाई बरामद सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान