२०८१, ३ फाल्गुन शनिबार

साउनदेखि सुत्केरी भत्ता गायब !

साउनदेखि सुत्केरी भत्ता गायब !


जितपुर, १० माघ :कपिलवस्तु वाणगङ्गा पिपरास्थित सरकारी अस्पतालबाट सुत्केरी भएका महिलाले साउनदेखि सुत्केरी भत्ता पाएका छैनन् । साउनयता १८९ जनाले उक्त भत्ताबापतको रकम नपाएको बताइएको छ । सुत्केरी भत्ताको निकासा वाणगङ्गा नगरपालिकाले नगरेकाले भुक्तानी दिन नसकिएको अस्पतालको भनाइ छ । चालू आर्थिक वर्ष २०७५÷२०७६ साउनदेखि मङ्सिरसम्ममा अस्पतालबाट सुत्केरी भएका र नियमित गर्भजाँच गराएका १८९ महिलाले उक्त सुविधा लिन नपाएको अस्पतालका डा देवी श्रेष्ठले जानकारी दिनुभयो ।

तर नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक कमल ज्ञवालीले सुत्केरी भत्ता समयमै निकासा भएर अस्पतालमै गएको दाबी गर्नुभएको छ । सुत्केरी भत्ता भनेर स्थानीय सरकारले ९स्थानीय तहले० रु एक हजार र गर्भवती भएको चार पटकसम्म स्वास्थ्य संस्थामै जाँच गराएबापतको रु ८०० यातायात खर्चसहित रु एक हजार ८०० पाउने प्रावधान रहेको छ । सेवाग्राहीले वाणगङ्गा नगरपालिकाले उक्त सेवा सुविधा नदिएको बुझेका छन् । तर नगरका स्वास्थ्य शाखाका संयोजक ज्ञवालीले समयमै निकासा भएको बताएपछि सो रकम कहाँ गयो रु गम्भीर प्रश्न खडा भएको छ ।

साउन १ देखि नगरपालिकाले दिने भनिए पनि नगरपालिकाबाट उक्त सुविधा नदिएको पिपरा अस्पतालकी नर्सिङ इञ्चार्ज पुतला खनालले दाबी गर्नुभयो । “अस्पतालमा आउने सुत्केरी महिलालाई नगरपालिकाले बजेट दिएको छैन भनेर पठाउने गरेका छौँ”, खनालले भन्नुभयो । अस्पतालको तथ्यांक अनुसार १८९ जना सुत्केरीले पाउनुपर्ने एक हजार ८०० का दरले हुन आउने रु तीन लाख ४० हजार २०० कहाँ गयो भन्नेबारे छानवीन पार्न नागरिक समाजले माग गरेको छ । उता नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ज्ञवालीले भने साउन १ गतेदेखि नै मासिकरुपमा निकासा दिएको दाबी गर्नुभएको छ । पिपरा अस्पतालले परिवार नियोजनसम्बन्धी साधन, गर्भवती जाँचलगायतका सेवासुविधा उपलब्ध गराउँदै आइरहेको छ ।

गर्भवतीका समयमा पहिलोपटक चार महीनामा, दास्रोपटक छ महीनामा, तेस्रोपटक आठ महीनामा र चाँैथोपटक नौ महीनामा गरी कम्तीमा चारपटक जाँच गर्न आएमा ती महिलालाई यातायात र न्यानो कपडा एक सेट पाउने अधिकारबाट यस क्षेत्रका सुत्केरी महिला बञ्चित भएका छन् । साउनअघि भने सुत्केरी महिलालाई यो सुविधा दिने गरेको वाणगङ्गा नगरपालिका–२ पिपरा कपिलवस्तु, पिपरा अस्पतालकी नर्सिङ इञ्चार्ज खनालले जानकारी दिनुभयो । साउनदेखि नगरपालिकाले दिने भने पनि अहिलेसम्म सेवाबापतको रकम नदिएको उहाँले प्रष्ट्याउनुभयो । गत वर्ष २०७४÷२०७५ मा २३० जना महिलाले यहाँबाट उक्त सुविधा लिएका थिए भने विसं २०६९ मा स्थापना भएको अस्पतालले सुत्केरी सुविधा दिँदै आइरहेको अस्पतालले जनाएको छ । अस्पतालमा प्रत्येक महीना कम्तीमा ४०–५० महिला स्वास्थ्य उपचार गराउन आउने गरेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, १० माघ बिहीबार  ८ : ०३ बजे

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले