२०८२, २६ भाद्र बिहीबार

व्यावसायिक र प्राविधिक शिक्षा आवश्यक : अध्यक्ष तिमिल्सिना

व्यावसायिक र प्राविधिक शिक्षा आवश्यक : अध्यक्ष तिमिल्सिना


पोखरा, १० माघ: राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले मुलुकमा व्यावसायिक एवं प्राविधिक शिक्षाको आवश्यकता रहेको बताउनुभएको छ । जनप्रिय माध्यामिक विद्यालय पोखराको स्वर्णजयन्ती समारोहमा उहाँले गुणस्तरीय शिक्षाका लागि पाठ्यक्रममा सुधार गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

मुलुकका शैक्षिक संस्थाहरु बेरोगार जनशक्ति उत्पादन गर्ने थलोका रुपमा देखिएको बताउँदै अध्यक्ष तिमिल्सिनाले नेपाली समाज अनुकूलका प्राविधिक एवं व्यावसायिक शिक्षा विकास गर्दै देशमै रोजगारको अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष तिमिल्सिनाले विद्यालय परिसरमा निर्मित स्वर्ण महोत्सव स्मारकको अनावरण गर्नुभयो ।

प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले जनप्रिय माविले साधारण शिक्षा मात्र नभई प्राविधिक शिक्षातर्पm पनि अग्रसर भएको बताउँदै अहिलेको आवश्यकता प्राविधिक र व्यावसायिक शिक्षा भएको धारणा राख्नुभयो । प्रधानाध्यापक बाबुराम पौडेलले विद्यालयको शैक्षिक गुणस्तर क्रमिक रुपमा बढ्दै गएकोले पछिल्लो समयमा विद्यार्थीको आकर्षण बढ्ेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गिरीले विद्यालयले शैक्षिक गतिविधिका साथै विद्यार्थीका अन्तरनिहीत क्षमता र प्रतिभालाई उजागर गर्न तहगत स्तरमा विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १० माघ बिहीबार  ७ : १२ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा