२०८२, ४ माघ आईतबार

राष्ट्र बैंकले एक खर्ब नोट जलाउँदै

राष्ट्र बैंकले एक खर्ब नोट जलाउँदै


काठमाडौँ, माघ १० : पछिल्लो समय राष्ट्रक बैंकले नष्ट गर्ने नोटको परिमाण बढ्दै गएको छ । राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका अनुसार चालू वर्ष पहिलो छ महिनामा ४७ अर्ब ११ करोड ६३ लाख रुपैयाँ बराबरका नोट झुत्रिएर जलाइएका छन् ।

यसमा नोटको संख्या १५ करोड ५२ लाख ६ हजार ६ सय ५८ वटा छ । यही दर कायम रहे यो आर्थिक वर्षमा राष्ट्र बैंकले झन्डै एक खर्ब रुपैयाँ बराबरका नोट जलाउने सम्भावना छ । यो गत वर्षको तुलनामा दोब्बर हो ।

गत आर्थिक वर्ष ५६ अर्ब ३६ करोड रुपैयाँ बराबरका नोट जलाइएका थिए । जलाइएका नोटको परिमाण २८ करोड ४ लाख ४३ हजार ७१ थियो । त्योभन्दा अगाडि आर्थिक वर्ष २०७३–७४ मा २५ अर्ब ७५ करोड रुपैयाँ मूल्यका १९ करोड ३७ लाख १ हजार ५ सय १४ वटा नोट जलाइएको राष्ट्र बैंकले जानकारी दिएको छ । दैनिक जीवनमा प्रयोग हुने नोट प्रयोग सुरक्षित नहुँदा राष्ट्र बैंकले जलाउने नोटको परिमाण बढ्दै गएको छ । बैंकले नोटको स्याहार र संरक्षणका लागि पटक पटक सूचित गराउँदा पनि सर्वसारधणले यसप्रति वेवास्ता गर्दा चाँडै नै नोटहरु झुत्रा बन्ने समस्या बढ्दो छ ।

प्रकाशित मिति : २०७५, १० माघ बिहीबार  ८ : २६ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ