२०८२, २४ चैत्र बुधबार

राष्ट्र बैंकले एक खर्ब नोट जलाउँदै

राष्ट्र बैंकले एक खर्ब नोट जलाउँदै


काठमाडौँ, माघ १० : पछिल्लो समय राष्ट्रक बैंकले नष्ट गर्ने नोटको परिमाण बढ्दै गएको छ । राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका अनुसार चालू वर्ष पहिलो छ महिनामा ४७ अर्ब ११ करोड ६३ लाख रुपैयाँ बराबरका नोट झुत्रिएर जलाइएका छन् ।

यसमा नोटको संख्या १५ करोड ५२ लाख ६ हजार ६ सय ५८ वटा छ । यही दर कायम रहे यो आर्थिक वर्षमा राष्ट्र बैंकले झन्डै एक खर्ब रुपैयाँ बराबरका नोट जलाउने सम्भावना छ । यो गत वर्षको तुलनामा दोब्बर हो ।

गत आर्थिक वर्ष ५६ अर्ब ३६ करोड रुपैयाँ बराबरका नोट जलाइएका थिए । जलाइएका नोटको परिमाण २८ करोड ४ लाख ४३ हजार ७१ थियो । त्योभन्दा अगाडि आर्थिक वर्ष २०७३–७४ मा २५ अर्ब ७५ करोड रुपैयाँ मूल्यका १९ करोड ३७ लाख १ हजार ५ सय १४ वटा नोट जलाइएको राष्ट्र बैंकले जानकारी दिएको छ । दैनिक जीवनमा प्रयोग हुने नोट प्रयोग सुरक्षित नहुँदा राष्ट्र बैंकले जलाउने नोटको परिमाण बढ्दै गएको छ । बैंकले नोटको स्याहार र संरक्षणका लागि पटक पटक सूचित गराउँदा पनि सर्वसारधणले यसप्रति वेवास्ता गर्दा चाँडै नै नोटहरु झुत्रा बन्ने समस्या बढ्दो छ ।

प्रकाशित मिति : २०७५, १० माघ बिहीबार  ८ : २६ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि