२०८२, ३ पुस बिहीबार

ठूला आयोजना बहुआयमिक महत्वका : मन्त्री पुन

ठूला आयोजना बहुआयमिक महत्वका : मन्त्री पुन


काठमाडौँ, ८ माघ :ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बुढीगण्डकी र दूधकोशीजस्ता ठूला जलाशययुक्त आयोजना निर्माण सम्पन्न भएपछि बाढी नियन्त्रण, सिँचाइ र खानेपानीका लागि सहयोग पुग्ने बताउनुभएको छ । बुधबारदेखि पोखरामा हुने नेपाल र भारतका ऊर्जा तथा जलस्रोत मन्त्रालयको सचिवस्तरीय बैठकमा सहभागी हुन यहाँ आइपुग्नु भएका भारतीय ऊर्जा मन्त्रालयका अधिकारीलाई मन्त्री पुनले सो कुरा बताउनुभएको हो ।

मन्त्री पुनले भन्नुभयो, “हामीले नेपालमा ठूला जलाशययुक्त परियोजना बनाउँदैछौँ, यसले नेपाललाई मात्र नभई भारतको बाढी नियन्त्रणमा समेत सहयोग पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौँ ।’ सो अवसरमा मन्त्री पुनले नेपाल–भारत सम्बन्ध ऐतिहासिक रहेको भन्दै आगामी दिनमा पनि दुई देशको सम्बन्ध अझै मजबुत हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल भारतसँग ऊर्जा क्षेत्रमा थप सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले तल्लोतटीय लाभका बारेमा भारतसँग छलफल गर्ने नेपालको चाहना रहेको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

मन्त्री पुनले भारत सरकारले हालै संशोधन गरेको अन्तरदेशीय विद्युत् व्यापारसम्बन्धी निर्देशिकाले नेपालको विद्युत् व्यापारका लागि फाइदा पु¥याएको उल्लेख गर्नुभयो । मन्त्री पुनसँगको भेटमा भारतका ऊर्जा सचिव अजय भल्लाले अरुण तेस्रो परियोजनामा भइरहेको प्रगतिबारे जानकारी गराउनुका साथै सचिवस्तरीय बैठकका कार्यसूचीका बारेमा समेत अवगत गराउनुभएको थियो । सचिव भल्लाले सचिवस्तरीय बैठकमा अन्तरदेशीय प्रसारण लाइन, १३२ केभीको कटैया–कुसाहा र रक्सोल–परवानीपुर दोस्रो सर्किट निर्माण र भारतीय लगानीमा निर्माणाधीन जलविद्युत् आयोजनाको बारेमा छलफल हुने बताउनुभयो ।

यस्तै न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइनको बारेमा प्राविधिक तहमा प्रयाप्त छलफल भएको भन्दै सचिवस्तरीय बैठकमा त्यसको टुङ्गो लगाउने गरी छलफल गर्ने तयारी रहेको उहाँको भनाइ थियो । इनर्जी बैंकिङको लागि प्राविधिक तहमा घनिभूत छलफल भएको भन्दै सचिव भल्लाले त्यसमा सहमतिको प्रयास हुने बताउनुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ८ माघ मंगलबार  ८ : ५५ बजे

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा

तेस्रो पटक एमाले अध्यक्षका रूपमा केपी ओलीद्वारा शपथ ग्रहण

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक लगातार निर्वाचित केपी

एमाले महाधिवेशन: अध्यक्षमा केपी शर्मा ओलीको शुरुआती अग्रता

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको

एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप, ८ बजेसम्म मत हाल्न सकिने

काठमाडौं । एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप,