२०८३, २४ भाद्र बिहीबार

बाजुरामा बाह्र वर्षपछि बेशीतिरसम्मै हिमपात

बाजुरामा बाह्र वर्षपछि बेशीतिरसम्मै हिमपात


बाजुरा, ८ माघ : एक दशकभन्दा बढी सयमपछि बाजुराका बेशीतिरका क्षेत्रमा समेत हिमपात भएको छ । जिल्लाका हिमाली क्षेत्रमा हिमपात हुने गरे पनि १२ वर्षपछि पहिलो पटक कर्णाली नदी किनार सम्मै हिमपात भएको हो । विसं २०६३ मा एक पटक कर्णालीको सतहसम्मै हिमपात भएको थियो । त्यसपछि आज बिहान हिमपात भएको बूढीनन्दा नगरपालिका–१ का स्थानीयवासी जयबहादुर कार्कीले बताउनुभयो । समुन्द्री सहतदेखि ९५० मिटरको उचाइमा रहेको कर्णाली नदी किनारासम्म हिमपात भएको हो ।

सोमबार रातिबाट लगातार परेको वर्षासँगै हिमपात भएपछि किसान खुशी भएका छन् । हिमपातले खेतीपातीमा लागेका रोग कीरा मर्ने र अन्नबालीलाई फाइदा पुग्ने स्थानीयवासी अनवीर कठायतले बताउनुभयो । हिमपातले चिसो बढेको छ भने हवाई र सडक यातायात प्रभावित भएको छ । मुख्यतया सडक यातायात प्रभावित भएपछि अहिले स्थानीयवासीलाई आवातजावतमा कठिनाइ भएको छ । हिमपातपछि यहाँका नाङ्गाडाँडा सेताम्य भएका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, ८ माघ मंगलबार  ८ : ४७ बजे

सरकार जनताको समस्या समाधान गर्न असफल : सन्तना दाहाल न्यौपाने

ललितपुर । नेकपा (एमाले) ले वर्तमान सरकार जनताका समस्या समाधान गर्न

यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ

काठमाडौं । नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले

सालिक बनाएर मात्र शहीदको सम्मान हुँदैन : हिरामान लामा

काठमाडौं । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जेन–जी आन्दोलनका

‘देश जलाएर सत्ताको कुर्सीमा मुस्कुराउनेहरूलाई इतिहासले माफ गर्दैन’ : निरज आचार्य

काठमाडौं ।  नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

भदौ २४ मा देश जलाउनेहरू जेनजी होइनन्, राष्ट्रका दुश्मन हुन् : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले २०८२ साल भदौ २४