२०८३, १९ कार्तिक बिहीबार

बाजुरामा बाह्र वर्षपछि बेशीतिरसम्मै हिमपात

बाजुरामा बाह्र वर्षपछि बेशीतिरसम्मै हिमपात


बाजुरा, ८ माघ : एक दशकभन्दा बढी सयमपछि बाजुराका बेशीतिरका क्षेत्रमा समेत हिमपात भएको छ । जिल्लाका हिमाली क्षेत्रमा हिमपात हुने गरे पनि १२ वर्षपछि पहिलो पटक कर्णाली नदी किनार सम्मै हिमपात भएको हो । विसं २०६३ मा एक पटक कर्णालीको सतहसम्मै हिमपात भएको थियो । त्यसपछि आज बिहान हिमपात भएको बूढीनन्दा नगरपालिका–१ का स्थानीयवासी जयबहादुर कार्कीले बताउनुभयो । समुन्द्री सहतदेखि ९५० मिटरको उचाइमा रहेको कर्णाली नदी किनारासम्म हिमपात भएको हो ।

सोमबार रातिबाट लगातार परेको वर्षासँगै हिमपात भएपछि किसान खुशी भएका छन् । हिमपातले खेतीपातीमा लागेका रोग कीरा मर्ने र अन्नबालीलाई फाइदा पुग्ने स्थानीयवासी अनवीर कठायतले बताउनुभयो । हिमपातले चिसो बढेको छ भने हवाई र सडक यातायात प्रभावित भएको छ । मुख्यतया सडक यातायात प्रभावित भएपछि अहिले स्थानीयवासीलाई आवातजावतमा कठिनाइ भएको छ । हिमपातपछि यहाँका नाङ्गाडाँडा सेताम्य भएका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, ८ माघ मंगलबार  ८ : ४७ बजे

आईजीपी प्रकरणसहित समसामयिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पदाधिकारी तथा शीर्ष नेताहरूको बैठक

भारतको चिनी निर्यात प्रतिबन्धको लाभ नेपाली उद्योगलाई, एभरेष्ट सुगरको व्यापार ३ अर्ब नाघ्यो

काठमाडौं । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा स्वदेशी

दानबहादुर कार्की हटाउन रास्वपाकै निर्देशन आएको थियो : मन्त्री पोखरेल

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गर्न

बाथरोग उपचारमा नयाँ पहल : धुलिखेल अस्पतालमा अन्तर्राष्ट्रिय विशेषज्ञको जमघट (तस्वीरमा)

धुलिखेल । नेपालमा बाथरोगको पहिचान र उपचारलाई प्रभावकारी बनाउने तथा