२०८२, ३ भाद्र बुधबार

बाजुरामा बाह्र वर्षपछि बेशीतिरसम्मै हिमपात

बाजुरामा बाह्र वर्षपछि बेशीतिरसम्मै हिमपात


बाजुरा, ८ माघ : एक दशकभन्दा बढी सयमपछि बाजुराका बेशीतिरका क्षेत्रमा समेत हिमपात भएको छ । जिल्लाका हिमाली क्षेत्रमा हिमपात हुने गरे पनि १२ वर्षपछि पहिलो पटक कर्णाली नदी किनार सम्मै हिमपात भएको हो । विसं २०६३ मा एक पटक कर्णालीको सतहसम्मै हिमपात भएको थियो । त्यसपछि आज बिहान हिमपात भएको बूढीनन्दा नगरपालिका–१ का स्थानीयवासी जयबहादुर कार्कीले बताउनुभयो । समुन्द्री सहतदेखि ९५० मिटरको उचाइमा रहेको कर्णाली नदी किनारासम्म हिमपात भएको हो ।

सोमबार रातिबाट लगातार परेको वर्षासँगै हिमपात भएपछि किसान खुशी भएका छन् । हिमपातले खेतीपातीमा लागेका रोग कीरा मर्ने र अन्नबालीलाई फाइदा पुग्ने स्थानीयवासी अनवीर कठायतले बताउनुभयो । हिमपातले चिसो बढेको छ भने हवाई र सडक यातायात प्रभावित भएको छ । मुख्यतया सडक यातायात प्रभावित भएपछि अहिले स्थानीयवासीलाई आवातजावतमा कठिनाइ भएको छ । हिमपातपछि यहाँका नाङ्गाडाँडा सेताम्य भएका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, ८ माघ मंगलबार  ८ : ४७ बजे

संसद भवन निर्माण समयमै नसकिएकाले प्रश्न उठ्न थाल्यो : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद भवन

महिला र किशोरीबाट डिम्ब निष्कासन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले किशोरी र महिलाबाट डिम्ब निष्कासन र

उपसभामुखले अमेरिकाबाट शेखर कोइरालालाई फोन

काठमाडौं । अमेरिका भ्रमणमा रहेकी उपसभामुख इन्दिरा राना मगरले नेपाली

उड्ने कार हेर्न दर्शकको भीड, नाडा अटो शो २०२५ सुरु

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२५

महिला समूहले मनाए तिज कार्यक्रम

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ६ स्थित एक नम्बर