२०८२, १२ माघ सोमबार

शिक्षाको व्यापार बन्द हुन्छ : मन्त्री बाँस्कोटा

शिक्षाको व्यापार बन्द हुन्छ : मन्त्री बाँस्कोटा


काभ्रेपलाञ्चोक, ८ माघ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शिक्षाको व्यापारीकरण सदाका निम्ति बन्द हुने बताउनुभएको छ । मण्डनदेउपुर नगरपालिका–४ चैनपुरस्थित महाकाली माध्यमिक विद्यालयको ५८औँ वार्षिकउत्सव तथा नवनिर्मित भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “शिक्षा र स्वास्थ्यमा व्यापारीकरण सदाका निम्ति बन्द गर्दैछौँ, अब एक कक्षामा पाँच लाख रुपैयाँ र डाक्टर बनाउन ८० लाख रुपैयाँ खर्च गराउने दिनको अन्त्य हुँदैछ, नेपालमा अब यो चल्दैन ।”

उहाँले केही वर्षभित्रै सबै निजी क्षेत्रका विद्यालय बन्द गरेर ताला लगाउने नभइ सामुदायिक विद्यालयको गुणस्तरले आफैँ बन्द हुने वातावरण सरकारले बनाउन लागेको जानकारी गराउनुभयो । मन्त्री बाँस्कोटाले समाजवाद उन्मुख सरकारले क्रमशः सामुदायिक विद्यालयलाई भविष्यमा गुणस्तरीय जनशक्ति उत्पादन हुने गरी विशुद्ध शैक्षिक केन्द्रका रुपमा स्थापित गर्न थालेको बताउनुभयो ।

उहाँले शिक्षकले विद्यालयमा राजनीति गर्न नपाउने गरी कानून निकट भविष्यमा ल्याइन लागेको जानकारी गराउनुभयो । मन्त्री बाँस्कोटाले विश्वविद्यालयका अधिकांश प्राध्यापक निजी विद्यालयमा गएर पढाउने गरेको पाइएकाले सो विषयमा सरकारले कडा निगरानी गरिरहेको बताउनुभयो । सो अवसरमा उहाँले विद्यालयको नवनर्मित भवनको शिलान्यास गर्नुका साथै उत्कृष्ट शिक्षक तथा अविभावकलाई सम्मान गर्नुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य वसुन्धरा हुमागार्इं र लक्ष्मण लम्सालले सरकारको अभियानमा साथ दिन आग्रह गर्नुभयो । नगरपालिकाका प्रमुख टोकबहादुर तामाङले नपा क्षेत्रभित्रका विद्यालयमा शैक्षिक गुणस्तर बढाउन साना कक्षामा अङ्गे्रजी माध्यमबाट अध्यापन गराउने अभियान थालिएको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ८ माघ मंगलबार  ८ : ०१ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै