२०८३, २४ भाद्र बिहीबार

हात्ती धपाउन साइरन गाडीसहित गस्ती

हात्ती धपाउन साइरन गाडीसहित गस्ती


भद्रपुर, ८ माघ : डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरेको छ ।
विगत एक महीनादेखि जङ्गली हात्तीको बथानले स्थानीयवासीको घर भत्काउने र अन्नबाली खाएर क्षति पु¥याउन थालेपछि वन कार्यालयले जनधनको सुरक्षाका लागि हात्ती धपाउन गस्ती टोली शुरु गरेको कार्यालयका प्रमुख विष्णु घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो क्षेत्रको सामुदायिक वन क्षेत्रमा गर्भिणी ढोईसहित १३ जङ्गली हात्ती रहेको अनुमान गरिएको छ । ती हात्ती दिनभर आदर्श, नमूना र थोप्लेविरान सामुदायिक वनभित्र बस्ने र साँझ पर्नासाथ गाउँ पसेर स्थानीयवासीलाई आतङ्कित तुल्याउने गरेको बुद्धशान्ति–३ का सीताराम बाँस्तोलाले बताउनुभयो । बुद्धशान्ति–३ का वडाध्यक्ष कमल उप्रेतीले गाउँको बीचमा रहेको जङ्गलमा हात्तीको बासस्थान भएका कारण गाउँवासीको अन्नबाली मात्र नभएर ज्यानै जोगिन गाह्रो भइरहेको बताउनुभयो । उहाँले जिल्ला वन कार्यालयबाट साइरन गाडीसहितको सात सदस्यीय वन रक्षक टोली आएपछि स्थानीयवासीले राहत र सुरक्षित अनुभूति गर्न पाएको बताउनुभयो ।

स्थानीय आदर्श सामुदायिक वन समितिको कार्यालयमा वनको गस्ती टोली बस्दै आएको छ भने टोलीले हरेक दिन हात्ती गाउँ पस्ने भएकाले साँझ पर्नासाथ स्थानीयवासीलाई घरबाट ननिस्कन माइकिङसमेत गर्दै आएको छ । वन रक्षक टोलीलाई इलाका प्रहरी कार्यालय बुधबारेको टोली र स्थानीय युवाले हात्ती धपाउन मद्दत गर्दै आएका छन् । सो क्षेत्रमा एक महीनामा तीन दर्जनभन्दा बढी घर हात्तीले भत्काइसकेको छ भने स्थानीयवासी रातभर ढुक्कले निदाउन सकेका छैनन् ।
-रासस

प्रकाशित मिति : २०७५, ८ माघ मंगलबार  ८ : ५१ बजे

सरकार जनताको समस्या समाधान गर्न असफल : सन्तना दाहाल न्यौपाने

ललितपुर । नेकपा (एमाले) ले वर्तमान सरकार जनताका समस्या समाधान गर्न

यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ

काठमाडौं । नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले

सालिक बनाएर मात्र शहीदको सम्मान हुँदैन : हिरामान लामा

काठमाडौं । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जेन–जी आन्दोलनका

‘देश जलाएर सत्ताको कुर्सीमा मुस्कुराउनेहरूलाई इतिहासले माफ गर्दैन’ : निरज आचार्य

काठमाडौं ।  नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

भदौ २४ मा देश जलाउनेहरू जेनजी होइनन्, राष्ट्रका दुश्मन हुन् : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले २०८२ साल भदौ २४