२०८१, २१ भाद्र शुक्रबार

जनप्रतिनिधि र नागरिकबीच पहिलो पटक सार्वजनिक प्रश्नोत्तर

जनप्रतिनिधि र नागरिकबीच पहिलो पटक सार्वजनिक प्रश्नोत्तर


परासी, ८ माघ : “गाउँपालिका अध्यक्षज्यू, गाउँमा प्रसूतिगृह नहुँदा सुत्केरीलाई सदरमुकाम लैजानुपर्ने बाध्यता छ, गाउँका स्वास्थ्यचौकीमा औषधि पनि छैन, हामीले कहिले सुविधा पाउँछौँ ?” आफ्नो वडा कार्यालयमा आएका जनप्रतिनिधिलाई स्थानीयवासी विमलादेवी कर्णले प्रश्न गर्नुभयो । “जनप्रतिनिधि भए पनि सरकारले मासिक भत्ता दिएको छ रे, तर वडा कार्यालयमा आउँदा प्रायः वडाध्यक्षज्यू भेटिनुहुन्न, वडाध्यक्ष भेट हुने समय कति बजे हो ?” अर्का स्थानीयवासी धुव्रनारायण बानियाँले सोध्नुभयो ।

“भाषणमा युवालाई रोजगारी दिन्छाँै भन्ने धेरै सुनियो, तर रोजगारी भाषणमा मात्र हो अध्यक्षज्यू ? अनि गाउँपालिकामा कर बुझाउन जाँदा लाइन बस्नुपर्छ, गाउँगाउँमा सिंहदरबार आयो भन्नुहुन्छ, हामीलाई वडा कार्यालयबाटै कर तिर्ने सुविधा पनि छैन, कहिले आउँछ सिंहदरबार ?” स्थानीय युवा हिरालाल हरिजनको प्रश्न थियो । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–२ हरपुरका नागरिकले सोमबार आफ्ना जनप्रतिनिधिसँग यसरी नै प्रत्यक्ष प्रश्नोत्तर गरे । जनप्रतिनिधि निर्वाचित भएपछि गाउँपालिकाले पहिलो पटक सार्वजनिक सुनुवाइ राखेर विकास निर्माण र सेवा प्रवाहको विषयमा नागरिकका गुनासा र सुझाव सुनेको थियो ।

रेडियो परासीको सहजीकरण र समन्वयमा यसरी सार्वजनिकरूपमा आफ्ना जनप्रतिनिधिलाई प्रश्न सोध्न पाएका स्थानीयवासीले वडादेखि गाउँपालिकासम्मको विकास निर्माण अनि समस्या पोखे । वडाभित्रका विभिन्न सडकको कालोपत्र हुनुपर्ने, सीमाक्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिनुपर्ने, सुविधासम्पन्न अस्पताल, वडा कार्यालयबाटै कर तिर्ने सुविधा हुनुपर्ने, झरही नदीमा तटबन्ध तथा बाढी नियन्त्रणको उपाय खोज्नुपर्ने उनीहरूको माग थियो ।

त्यसैगरी प्राविधिक शिक्षालय, प्रसूतिगृह स्थापना गर्नुपर्ने, स्वास्थ्य संस्थामा सहजरूपमा औषधि पाउने व्यवस्था गरिनुपर्ने, वडामा जनसङ्ख्या र भूगोलको आधारमा बजेट वितरण गर्नुपर्ने, कृषि क्षेत्रमा लगानी बढाउनुपर्नेलगायतका माग पनि स्थानीयवासीले राखेका थिए । गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले गाउँपालिकावासीलाई सुविधा दिन वडा नं ४ मा रहेको पाल्ही प्राथमिक स्वास्थ केन्द्रको स्तरन्नोति गरी १५ श्ययाको अस्पताल बनाउन गाउँपालिकाले पहल गरेको जानकारी दिनुभयो । तीन महीनाभित्र प्रत्येक वडाबाटै कर सङ्कलनको व्यवस्था गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दै उहाँले भन्नुभयो, “सबैको सल्लाह, सुझाव र सहयोगबाटै गाउँपालिकालाई समृद्ध र नमूना बनाउन म लागिरहेको छु ।”

प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले हालसम्म ३३ प्रतिशत बजेट खर्च भइसकेको र ४० योजना सम्झौता भएर कार्यान्वयनमा रहेको जानकारी दिनुभयो । उहाँले जनसङ्ख्या र राजश्व सङ्कलनका आधारमा वडालाई बजेट विनियोजन गरिएको उल्लेख गर्दै गाउँपालिका भवन र वडा कार्यालयको भवन बनाउने कामलाई तीव्रता दिएको पनि जानकारी दिनुभयो । योजना कार्यान्वयन असारको बेला चाप नहुने गरी अहिलेदेखि नै कार्यान्वयन गरिरहेको गाउँपालिकाले जनाएको छ । यस वर्ष पश्चिम नवलपरासीमा पाल्हीनन्दन गाउँपालिकाले मात्रै यसरी सार्वजनिक सुनुवाइ गरेको छ । सात स्थानीय तह रहेको यस जिल्लाका अन्य स्थानीय तहमा पनि सार्वजनिक सुनुवाइको तयारी भइरहेको पाइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ८ माघ मंगलबार  ८ : ४६ बजे

भृकुटीमण्डपमा विद्युतीय अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

काठमाडौ । काठमाडौँमा ‘तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा

तीज पर्वले महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्य गर्ने सभामुख घिमिरेको विश्वास

काठमाडौं । सभामुख देवराज घिमिरेले तीजले महिलाविरुद्ध हुने सबै प्रकारका

तीज गीतमा छैन मौलिकता : परिवारसँगै बसेर सुन्न र हेर्न नसकिने

आकांक्षा धामी काठमाडौं । पछिल्लो समय नेपाली समाजमा तीज गीतहरूको

मौसम पूर्वानुमान : यी चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘अशक्तहरुले तीजमा ब्रत बस्नैपर्छ भन्ने शास्त्रमा उल्लेख छैन’

अहिलेको समाजमा न त शास्त्रको मर्यादा छ, न कुलको परम्परा