२०८३, १८ आश्विन सोमबार

डा. केसीको अनशनलाई बेवास्ता गर्दै विधेयक पारित गर्ने तयारी

डा. केसीको अनशनलाई बेवास्ता गर्दै विधेयक पारित गर्ने तयारी


काठमाडौं, ७ माघ : डा. गोविन्द केसीले जुन विधेयकमा आपत्ति जनाएर अनशन सुरु गरेका छन्, त्यसैलाई प्रतिनिधिसभाको सोमबारको बैठकको सम्भावित कार्यसूचीमा राखिएको छ । विधेयक तत्कालै पारित गराउने सत्तापक्षको तयारी छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । समितिबाट प्रतिवेदन संसद्मा पेस भएको चिकित्सा शिक्षा विधेयक सम्भावित कार्यसूचीमा राखिएको संघीय संसद् कार्यव्यवस्था परामर्श समितिका अधिकृत राजन घिमिरेले जानकारी दिए । ‘सम्भावित कार्यसूचीमा रहँदैमा पारित भइहाल्छ भन्ने होइन । सभामुखले कार्यसूचीबाट हटाउन पनि सक्नुहुन्छ,’ उनले भने ।

गत १० साउनमा सरकारले डा। केसीसँग गरेको नौबुँदे सहमति हुबहु विधेयकमा समावेश गर्न नेकपाका सांसद देव गुरुङ, कृष्णभक्त पोखरेल र शान्ता चौधरीले संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएका थिए । विधेयक र संशोधन प्रस्तावमाथि छलफल गर्न संसद्ले गत १३ भदौमा जयपुरी घर्ती सभापति रहेको शिक्षा तथा स्वास्थ्य समितिमा पठाएको थियो ।

समितिले विधेयकमाथि परेका संशोधनलगायत विवाद समाधान गर्न भैरवबहादुर सिंहको संयोजकत्वमा ११ असोजमा उपसमिति गठन ग(यो । विधेयकको विषयवस्तुमाथि उपसमितिभित्र विवाद भएको थियो । कांग्रेसका सांसदले सहमति हुबहु समेटिनुपर्ने अडान लिए पनि सत्तापक्षका सांसदले बहुमतबाट प्रतिवेदन पास गरेका थिए । उपसमितिले पारित गरेको प्रतिवेदनलाई समितिले पनि २५ पुसमा अनुमोदन गर्दै प्रतिनिधिसभामा पेस गरिसकेको छ । उक्त विधेयक सोमबारको प्रतिनिधिसभा बैठकबाट पारित गर्ने गरी सम्भावित कार्यसूचीमा राखिएको छ ।

प्रकाशित मिति : २०७५, ७ माघ सोमबार  ७ : १३ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय