२०८२, २ भाद्र मंगलबार

अरुण तेस्रोको पन्ध्र प्रतिशत काम सम्पन्न

अरुण तेस्रोको पन्ध्र प्रतिशत काम सम्पन्न


सङ्खुवासभा, ६ माघ: राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको १५ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाको तुम्लिङटारस्थित कार्यालयका अनुसार अहिले मकालु गाउँपालिका–५ फ्याक्सिदामा सुरुङ्मार्ग र बाँध निर्माणको काम भइरहेको छ । उक्त आयोजनामा नेपाली र भारतीय गरी दुई हजार ६५ कामदारले काम गर्दै आएका छन् ।

आयोजना निर्माणको जिम्मा पाएको भारतको सतलज कम्पनीका प्रमुख कार्यकारी अधिकृत सतिशकुमार शर्माका अनुसार अहिलेसम्म तीन सय ५२ मिटर सुरुङ्मार्ग खन्ने काम सकिएको छ ।

“आयोजना निर्माण स्थलसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको छ, अब निर्माण सामग्री ढुवानीमा सहज हुनेछ,” उहाँले भन्नुभयो । आयोजना स्थलमा बिजुली नहुँदा निर्माणमा ढिलाइ भएको शर्माले बताउनुभयो । नौ सय मेगावाट क्षमताको उक्त परियोजना पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । आयोजना निर्माणका लागि रु एक खर्ब २० अर्ब खर्च हुने अनुमान गरिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ६ माघ आईतबार  ७ : ४६ बजे

संसद भवन निर्माण समयमै नसकिएकाले प्रश्न उठ्न थाल्यो : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद भवन

महिला र किशोरीबाट डिम्ब निष्कासन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले किशोरी र महिलाबाट डिम्ब निष्कासन र

उपसभामुखले अमेरिकाबाट शेखर कोइरालालाई फोन

काठमाडौं । अमेरिका भ्रमणमा रहेकी उपसभामुख इन्दिरा राना मगरले नेपाली

उड्ने कार हेर्न दर्शकको भीड, नाडा अटो शो २०२५ सुरु

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२५

महिला समूहले मनाए तिज कार्यक्रम

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ६ स्थित एक नम्बर