२०८२, २५ कार्तिक मंगलबार

काभ्रेको देवीस्थान डाँडामा घोडचढी अर्को आकर्षण

काभ्रेको देवीस्थान डाँडामा घोडचढी अर्को आकर्षण


बनेपा, ६ माघ : धुलिखेलको पर्यटकीय गन्तव्यको रुपमा चर्चित रमणीय स्थान देवीस्थान डाँडामा घुम्न आउनेहरुको आकर्षण चुच्चे ढुङ्गामा चढेर तस्विर लिनेका साथै घोडचढी पनि बनेको छ । सो स्थानमा घुम्न जानेहरुका लागि त्यहाँका अग्लो चुच्चे ढुङ्गा र त्यहाँ व्यावसायिक रुपमा राखेका घोडचढी अर्को आकर्षण बनेको हो । काठमाडौँ चाबहिलबाट शनिबार धुलिखेल देवीस्थान डाँडामा घुम्न आउनुभएका सुरज सुवेदीले धुलिखेल रमणीय र वातावरण रमाइलो भएकाले घुम्न आएको बताउनुभयो । “काठमाडौँबाट नजिक पनि हुने र वरिपरिको ठाउँ हेरेर मनलाई शान्त पार्न पनि सकिने भएकाले पनि सपरिवार घुम्न आएको हँु”, उहाँले भन्नुभयो, “यसरी धेरै मानिसको रोजाइको क्षेत्र बने पनि बजारदेखि देवीस्थान डाँडासम्म आउने जाने बाटो अलि खाल्डाखुल्डी भएकाले साना गाडीमा मुनि छुने गरेकाले समस्या व्यहोर्नु परेकाले त्यसलाई सुधार गरेको भए झनै राम्रो हुनेथियो ।”

सोही ठाउँमा घुम्न आउनुभएका विवेक थापाले धेरै मान्छे घुम्न आउने गरेको देवीस्थान डाँडालाई सरसफाइमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । “विशेषगरी यहाँ आएर हिमालय शृङ्खलाको दृश्यावलोकनका साथै वरिपरिको रमणीय ठाउँहरु हेर्न र शान्त बातावरणमा आनन्द लिन आउने गरेको भए पनि ठाउँ÷ठाउँमा फोहरको थुप्रो पाइयो, त्यसलाई व्यवस्थित गर्न सकेमा अझ आकर्षक गन्तव्य हुनेछ ।”

त्यससँगै थप मनोरञ्जनका लागि चुच्चे ढुङ्गामा चढेर फोटो खिच्ने र घोडा चढेर फोनि खिच्न र घुम्दा अर्को रमाइलो गर्न पाएको त्यहाँ आउनेहरु बताउँछन् । सो ठाउँमा नवराज तामाङले विगत चार वर्षदेखि घोडचढी व्यवासय सञ्चालन गर्दै आउनुभएको छ । सोही व्यवसायबाट परिवार पाल्दै आएको बताउने उहाँले व्यवसाय सन्तोषजनक भएको बताउनुभयो । “कमाई राम्रै छ, यसैबाट पाँच जनाको परिवार पालिरहेको छु ।” दोलखा शैलुङ घर भई हाल पनौती श्रीखण्डपुर बस्दै आउनुभएका तामाङले भन्नुभयो, “पुस÷माघ भनेको पिकनिक आउने सिजन भएकाले यो समयमा रु ६० देखि ७० हजारसम्म कमाइ हुन्छ ।”

दुई वटा घोडा पालेर त्यही व्यवसाय गर्दै आउनुभएका तामाङले त्यहाँ घुम्न जानेका लागि ठूलो मान्छेको रु २०० र सानो मान्छेहरुका लागि रु १५० लिने गरेको बताउनुभयो । घोडा चढेर घुम्न नचाहने, तर फोटो खिच्न आउनेहरुका लागि रु १०० लिने गरेका छन् । अरु बार त्यति मान्छे हुँदैनन्, विशेष गरी शुक्रबार र शनिबार घुम्न आउनेको भीड हुने भएकाले त्यस दिन चाहिँ दिनभरि देवीस्थान डाँडामा बसेर घोडा चढ्न आउनेलाई सेवा दिने गरेको तामाङको भनाइ छ । त्यसरी व्यवसाय गरेर सो ठाउँको प्रयोग गरेबापत जग्गा धनीलाई महीनाको रु दुई हजार तिर्ने गरेको उहाँले बताउनुभयो । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं ८ र ९ को सिमानामा पर्ने सो ठाउँमा पुग्नेहरु त्यहाँ रहेको चुच्चे ढुङ्गामा चढेर फोटो खिच्ने, घोडा चढेर मनोरञ्जन लिने र अग्ला स्थानमा गएर वरिपरिको दुश्यावलोकन गर्नुका साथै पिकनिकका लागि घुइँचो नै लाग्ने गरेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ६ माघ आईतबार  ८ : १५ बजे

आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं। आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ

हुम्लामा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, एक जना घाइते

अदानचुली (हुम्ला) । हुम्लामा विद्युत् पोल बोक्दै गरेको एक ट्याक्टर

भारत-अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौता लगभग

मुख्यमन्त्री यादवको आह्वान : तोडफोड र अराजकताविरुद्ध संयमित रहन आग्रह

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा भइरहेको

किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्ती आज मनाइँदै

काठमाडौं । आज किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्ती