२०८२, ३ पुस बिहीबार

संविधान संशोधनका लागि सरकारमा सहभागी : उपप्रधानमन्त्री यादव

संविधान संशोधनका लागि सरकारमा सहभागी : उपप्रधानमन्त्री यादव


लहान, ५ माघ : सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संविधान संशोधनका लागि आफ्नो पार्टी सरकारमा सहभागी भएको बताउनुभएको छ । मधेश आन्दोलनका क्रममा शहीद भएकाको सम्झनामा लहानमा आज २ नं प्रदेश सरकारद्वारा आयोजित १२औँ बलिदानी दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले सरकारले मधेशीको हकअधिकार र पहिचानका लागि संविधान संशोधन नगरे सरकारबाट बाहिरिनसमेत तयार रहेको बताउनुभयो ।

मधेशी, दलित, मुस्लिम, जनजाति लगायतमाथि अझै विभेद कायम रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री यादवले सरकारले संविधान संशोधन गर्न तयार नभए सङ्घर्षका लागि तयार रहनसमेत मधेशी समुदायसँग अपिल गर्नुभयो । मुलुकको प्रमुख शत्रु गरीबी, बेरोजगारी र अशिक्षा रहेकाले त्यसको अन्त्यका लागि सरकार प्रतिबद्ध बताउँदै उहाँले गरीबी, बेरोजगारी र अशिक्षा अन्त्य नभएसम्म मुलुकको विकास सम्भव नभएकाले यसलाई अन्त्य गर्न सरकार प्रतिबद्धताका साथ अघि बढेको बताउनुभयो ।

सरकारका तर्फबाट मधेशमा शिक्षा, स्वास्थ्य लगायतको विकासका लागि योजना अघि सारिसकेको समेत उहाँले स्पष्ट पार्नुभयो । शहीदको बलिदानीबाट प्राप्त भएको सङ्घीयतालाई समाप्त पार्ने षडयन्त्र भइरहेको दाबी गर्दै उहाँले सङ्घीयता विरोधी गतिविधि र षडयन्त्रप्रति जागरुप हुनुपर्ने जिकिर गर्नुभयो । कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको अधिकार कटौती गरेर सङ्घीयता विफल पार्ने षडयन्त्र भइरहेको आरोप लगाउनुभयो ।

प्रदेशभित्रका बेरोजगारी युवालाई रोजगारी दिने कार्यक्रम प्रदेश सरकारले शुरु गरिसकेको उल्लेख गर्दै उहाँले शहीदको सपनालाई प्रदेश सरकारले तुहिन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । लहानस्थित पशुपति आदर्श माविको खेलमैदानमा आयोजित कार्यक्रममा प्रदेश २ सरकारका भौतिक योजनामन्त्री जितेन्द्र सोनल, वनमन्त्री रामनरेश राय, भूमि व्यवस्था तथा कृषिमन्त्री शैलेन्द्रप्रसाद साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह, अर्थमन्त्री विजय यादव लगायतले बोल्नुभयो ।

सो अवसरमा उपप्रधान तथा स्वास्थ्यमन्त्री यादव, मुख्यमन्त्री राउतले मधेश आन्दोलनका क्रममा शहीद भएका ४६ जना शहीद परिवारलाई रोजगारीको नियुक्तिको डेमो प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गर्नुभयो । त्यस्तै विभिन्न मधेश आन्दोलनका क्रममा घाइते भएका प्रदेश २ भित्रका ९७ जनालाई कार्यक्रममा राहतस्वरुप आर्थिक सहयोगसमेत प्रदान गरियो ।
-रासस

प्रकाशित मिति : २०७५, ५ माघ शनिबार  ७ : ४७ बजे

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा

तेस्रो पटक एमाले अध्यक्षका रूपमा केपी ओलीद्वारा शपथ ग्रहण

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक लगातार निर्वाचित केपी

एमाले महाधिवेशन: अध्यक्षमा केपी शर्मा ओलीको शुरुआती अग्रता

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको

एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप, ८ बजेसम्म मत हाल्न सकिने

काठमाडौं । एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप,