२०८३, ११ बैशाख शनिबार

डान्सबार कुटपिट काण्डका दुई पक्राउ

डान्सबार कुटपिट काण्डका दुई पक्राउ


काठमाडौँ, ५ माघ : काठमाडौँको ठमेलस्थित डान्सबारमा भएको कुटपिटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ललितपुर सातदोबाटो घर भएका ४३ वर्षीय दिलगुरुङ र सुनाकोठी बस्ने ३२ वर्षीय निराजन महर्जनलाई प्रहरीले काठमाडौँ महानगरपालिका–१६ ठमेलबाट पक्राउ गरेको हो ।

ठमेलस्थित चाहाना डान्सबारभित्र उनीहरुले तारकेश्वर नगरपालिका–६ गोलढुङ्गा बस्ने ३५ वर्षीय मोहन पुरुवाल र काठमाडौँ मनमैजु बस्ने सिन्धुपाल्चोकका २८ वर्षीय रामकृष्ण भण्डारीलाई कुटपिट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कुटपिटबाट घाइते भएका उनीहरुको मनमोहन मेमोरियल अस्पताल सोह्रखुट्टेमा उपचार भइरहेको र घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ५ माघ शनिबार  ६ : ३१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले