२०८३, ११ बैशाख शनिबार

पत्रकार ढकालका हत्यारा पक्राउ, यसरि भएको रहेछ हत्या

पत्रकार ढकालका हत्यारा पक्राउ, यसरि भएको रहेछ हत्या


हेटौँडा, ५ माघ : पत्रकार मनोहर ढकालका हत्यारालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा हेटाँैडा–११ नवलपुरका १९ वर्षीय अनमोल पुडासैनी र मनहरी–१ का प्रवीण वाइबा रहेका छन् । अभियुक्तद्धयले पत्रकार ढकालको घाँटी थिचेर तथा मुक्का र ढुङ्गा प्रहार गरी हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ ।

त्यस्तै दिनेश मोबाइल एण्ड इलेक्टोनिक्स सेन्टरका दिनेश थापामगर र नारायणी सुनचाँदी पसलका नारायणबहादुर सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ । हत्यारासँग विनाबिल मोबाइल तथा सुनको औँठी किनेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । लुटपाटका कारण हत्या गरेको भनिए पनि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

गत पुस २५ गते ढकाललाई राप्ती पुल नजिकै जङ्गलमा गम्भीर घाइते अवस्थामा भेटाइएको थियो । तत्काल हेटौँडा अस्पताल पु¥याइएका उहाँलाई अस्पतालले मृत घोषित गरेको थियो । विगत १५ वर्षदेखि विभिन्न रेडियोमा काम गर्दै आउनुभएका ढकाल रेडियो अनमोलमा कार्यरत हुनुहुन्थ्यो ।
बुद्धमाध्यामिक विद्यालय हेटौँडा–१२ का शिक्षकसमेत रहनुभएका ढकालको हत्यामा संलग्न व्यक्तिको गिरफ्तार गर्न सफल भएकामा प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहालले प्रहरीलाई धन्यवाद दिनुभएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ५ माघ शनिबार  ६ : ०५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले