२०८२, ४ माघ आईतबार

बन्दुक पड्किँदा मृत्यु

बन्दुक पड्किँदा मृत्यु


ताप्लेजुङ, ४ माघ : शिकार खेल्न सँगै गएका साथीले बोकेको बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ । फक्ताङलुङ गाउँपालिका–४ इखाबुका ३७ वर्षीय देवीबहादुर लिम्बूको शिकार खेल्ने क्रममा साथीले बोकेको बन्दुक पड्किएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो । लिम्बूको बन्दुकको छर्रा लागेर घटनास्थलमै ज्यान गएको हो ।

शिकार खेल्न सँगै निस्किएका सुरेन्द्र तामाङले लोड गरेर बोकेको बन्दुक हातबाट झरेर पहरामा ठोक्ँिकदा पड्किएर छर्राले लागेर लिम्बूको मृत्यु भएको थापाले बताउनुभयो । तामाङलाई आज जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको थापाले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ४ माघ शुक्रबार  ८ : ५७ बजे

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता