२०८२, ३ पुस बिहीबार

देशैभरि मदन भण्डारी जन्मिएका छन् : नेता खनाल

देशैभरि मदन भण्डारी जन्मिएका छन् : नेता खनाल


काठमाडौँ, ४ माघ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदनकुमार भण्डारीका हत्यारा हालसम्म पत्ता नलागे पनि उहाँका विचार दशैभरि फैलिएको बताउनुभएको छ । भण्डारीको राजनीतिक जीवनीमा आधारित ‘बर्बरिक’ नाटक आज हेरेपछि उहाँले घटनाका दोषी हालसम्म पत्ता नलागेकामा चिन्ता व्यक्त गर्नुभयो । नेता खनालले भन्नुभयो, “वर्ग सङ्घर्ष तीव्र भएको समयको त्यो घटना गम्भीर र दुःखद् हो तर हामीहरु निराश हुनुपर्ने अवस्था छैन । अरू देशको पूर्व, पश्चिम, उत्तर र दक्षिण कैयौँ बर्बरिक जन्मिएका छन् । राजनीतिक परिवर्तनसँगै हामीले आशा गर्ने ठाउँ छ ।”

लेखक प्रदीप नेपालको उपन्यास ‘बर्बरिक’लाई नाट्य रुपान्तरण गरिएको र हाल कुञ्ज थिएटर, काठमाडौँमा प्रदर्शित सो नाटकमा भण्डारीको मृत्युको अन्तिम दुखान्त दृश्य प्रदर्शन भइरहेको छ । तत्कालीन नेकपा (एमाले)का महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो । नेता भण्डारीको अगुवाइमा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ विचारले कम्युनिष्ट पार्टीलाई लोकतान्त्रिकीकरण गराएको थियो । भूमिगतकालमा भण्डारीलाई ‘बर्बरिक’, ‘भीष्म’ आदि नामले चिनिन्थ्यो ।

नाटकले पञ्चायतको विरोधमा तत्कालीन नेकपा (माले)ले गरेको सङ्घर्ष, विसं २०४६ को जनआन्दोलनमा नेपाली काङ्ग्रेसका शीर्ष पुरुष गणेशमान सिंह र नेता भण्डारीको सहकार्य आदि विषयलाई उतारेको छ । मोरङको झोराहाट नाट्य समूहले तयार पारेका नाटकमा जीवन बरालको निर्देशन छ भने डेढ दर्जन कलाकारले अभिनय गरेका छन् । समूहका अध्यक्ष एवं नाटकका नाट्य रुपान्तरणकर्ता भरत गुरागाईंले आफूहरु वर्तमान सत्तारूढ कम्युनिष्ट पार्टीका शीर्ष नेतादेखि राष्ट्रपतिसम्मलाई सो नाटक देखाउने लक्ष्य लिएका काठमाडौँ आएको जानकारी दिनुभयो । कुञ्ज नाटक घरका अध्यक्ष कमल ढकालले जननेता भण्डारी नहुँदा उहाँको न्यास्रो मान्नेहरुलाई नाटकले न्यास्रो मेटाउने बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ४ माघ शुक्रबार  ७ : १० बजे

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा

तेस्रो पटक एमाले अध्यक्षका रूपमा केपी ओलीद्वारा शपथ ग्रहण

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक लगातार निर्वाचित केपी

एमाले महाधिवेशन: अध्यक्षमा केपी शर्मा ओलीको शुरुआती अग्रता

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको

एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप, ८ बजेसम्म मत हाल्न सकिने

काठमाडौं । एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप,