२०८२, ३ पुस बिहीबार

‘सरकार समृद्धिसहितको विकास चाहन्छ’ :मुख्यमन्त्री पौडेल

‘सरकार समृद्धिसहितको विकास चाहन्छ’ :मुख्यमन्त्री पौडेल


हेटौँडा, ४ माघ : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार समृद्धिसहितको विकास चाहेको उल्लेख गर्दै विकासका हरेक कदम ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनेतर्फ अग्रसर हुने बताउनुभएको छ ।

एशियाली विकास बैंकद्वारा आयोजित कार्यक्रममा उहाँले एडिबीले लगानीको क्षेत्रलाई परिवर्तन गर्नुपर्ने र उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राख्नुभयो । जनताको बीचमा धेरै कुरा पु¥याउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले हरेक आयोजना गरीबी अन्त्य गर्ने खालको हुनुपर्ने बताउनुभयो । प्रदेश नं ३ साधन स्रोतलगायत सबै हिसाबले धनी रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले एशियाली विकास बैंकद्वारा लगानी गरिएका क्षेत्रमा प्रतिफलको मूल्याङ्कन गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल, उद्योग, पर्यटन तथा वातावरणमन्त्री अरुण नेपाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल तथा प्रदेश ३ का स्थानीय तहका प्रमुखको उपस्थिति रहेको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ४ माघ शुक्रबार  ७ : ०४ बजे

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा

तेस्रो पटक एमाले अध्यक्षका रूपमा केपी ओलीद्वारा शपथ ग्रहण

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक लगातार निर्वाचित केपी

एमाले महाधिवेशन: अध्यक्षमा केपी शर्मा ओलीको शुरुआती अग्रता

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको

एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप, ८ बजेसम्म मत हाल्न सकिने

काठमाडौं । एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप,