२०८२, १७ मंसिर बुधबार

सिजी टेलिकमले मोबाइल सेवा सञ्चालन गर्न नपाउने

सिजी टेलिकमले मोबाइल सेवा सञ्चालन गर्न नपाउने


काठमाडौं, ४ माघ : सिजी टेलिकमलाई मोबाइल सेवा सञ्चालन गर्न दिन यसअघि सर्वोच्च अदालतको एकल इजलासबाट भएको अन्तरिम आदेशलाई संयुक्त इजलासले बदर गरेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ । न्यायाधीश दीपकराज जोशीको एकल इजलासबाट पुस १० मा सिजी टेलिकमलाई मोबाइल सेवा सञ्चालन अनुमति दिन अन्तरिम आदेश भएको थियो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले जोशीको एकल इजलासबाट दिइएको अन्तरिम आदेश बदर गर्ने आदेश भएको हो। योसँगै जोशीको एकल इजलासबाट भएको अन्तरिम आदेश दोस्रोपटक बदर भएको छ। यसअघि मुक्तिश्री सिमेन्टको अल्पकालीन अन्तरिम आदेश बदर भएको थियो।

सिजीले जिएसएम मोबाइल सञ्चालनका लागि दूरसञ्चार प्राधिकरणसँग आवश्यक फ्रिक्वेन्सी मागेको थियो। प्राधिकरणले आधारभूत सर्त पूरा नगरेको भन्दै फ्रिक्वेन्सी नदिएपछि सिजी सर्वोच्च पुगेको हो।

प्रकाशित मिति : २०७५, ४ माघ शुक्रबार  ७ : ४३ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी