२०८२, ३ पुस बिहीबार

सङ्घीयता सम्बन्धी कानून तत्काल निर्माण गरिने : मन्त्री ढकाल

सङ्घीयता सम्बन्धी कानून तत्काल निर्माण गरिने : मन्त्री ढकाल


काठमाडौँ, ३ माघ:कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सङ्घीयता सम्बन्धी कानून जतिसक्दो छिटो निर्माण गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभा, कानून, न्याय तथा मानवाधिकार समितिमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा उहाँले भन्नुभयो, “सङ्घीयता सम्बन्धी कानूनलाई समितिमा छलफल गरी छिटो अगाडि बढाउनुपर्छ ।”

मन्त्री ढकालले ऐन संशोधन गर्दा विज्ञलाई समेत राखेर छलफल गर्न जरुरी भएको र गम्भीर प्रकृतिका बाहेक एकै दिनमा पाँच÷छ वटा मन्त्रालयको विधेयकमाथिको छलफल अगाडि बढाउन जरुरी रहेको बताउनुभयो । पूर्वसभामुख तथा सांसद सुवास नेम्वाङले छोटो समयमा धेरै विधेयकको काम सम्पन्न गर्नुपर्ने भएकाले कानून निर्माण गर्नका लागि सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवलाई पनि अनिवार्यरुपमा बैठकमा बोलाउँदा छलफल गर्न सजिलो हुने सुझाव दिनुभयो ।

सांसद देव गुरुङले ५६ वटा ऐन फागुन २१ भित्र संशोधन गर्नुपर्ने र संविधानअनुकूल बनाउन १०९ वटा गरी १६५ वटा विधेयकमाथि छलफल तत्काल अघि बढाउनु जरुरी भएको बताउनुभयो । समितिका सभापति कृष्णभक्त पोखरेलले कानून छिटो कार्यान्वयनको तहमा लैजानका लागि विधेयक माथि छिटो छलफल अघि बढाउने जानकारी दिनुभयो । आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको विधेयकमाथि प्रारम्भिक छलफल मात्र भएको हो । समितिका सभापति पोखरेलले आगामी बैठकबाट विषयगतरुपमा छलफल अघि बढाउने जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ३ माघ बिहीबार  ७ : १७ बजे

एमाले महाधिवेशन: अध्यक्षमा केपी शर्मा ओलीको शुरुआती अग्रता

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको

एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप, ८ बजेसम्म मत हाल्न सकिने

काठमाडौं । एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप,

जापानिज इन्सेफ्लाइटिसबाट पाँच महिनामा ६ जनाको मृत्यु, वृद्धवृद्धा बढी सङ्क्रमित

चितवन । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका जापानिज इन्सेफ्लाइटिसका

एमाले महाधिवेशनमा सौहार्दता, प्रतिस्पर्धी नेताहरू सँगै हिँडेर भोट माग्दै

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धामा

बबरमहल बम विस्फोट काण्डका दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर । बबरमहल बम विस्फोट काण्डमा दोषी ठहर भएका श्रम