२०८२, २ आश्विन बिहीबार

काभ्रेमा सवारी साधनका चालक–सहचालकको आँखा–रक्तचाप परीक्षण

काभ्रेमा सवारी साधनका चालक–सहचालकको आँखा–रक्तचाप परीक्षण


बनेपा, ३ माघ:सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रा गर्न सहयोग गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आज बनेपामा सवारी साधनका चालक र सहचालकको आँखा र रक्तचाप परीक्षण गराएका छन् । कार्यालयको आयोजनामा दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राका लागि चालक तथा सहचालकको आँखा तथा रक्तचाप र सवारी साधनको यान्त्रिक अवस्थाकाबारेमा एकदिने अभियान सञ्चालन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख निशेष चापागाईंले बताउनुभयो ।

“बढ्दै गईरहेको सवारी दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यका साथ यो अभियान सञ्चालन गरेका हौँ”, प्रमुख चापागार्इंले भन्नुभयो, “अहिलेको परिस्थितिमा चालकको शारीरिक अवस्थाका कारण वा सवारी साधनको यान्त्रिक गडबढीका कारणले हुने सवारी दुर्घटना देखापर्न सक्छन् भन्ने कुरालाई विश्लेषण गर्न पनि यो अभियान सञ्चालन गरेका हौँ ।” टिपर चालक नारायणकुमार नहर्कीले यस्तो अभियान बेलाबेलामा सञ्चालन गर्नुपर्ने बताउनुभयो । “हामी मजदूर त सधैँ आफ्नो काममा मात्रै ब्यस्त भइरहेका हुन्छौँ, केमा कसरी ध्यान दिने भन्ने खासै सोच भइरहेको हुँदैन, यसरी जाँच गरेर सुझाव दिँदा साह्रै खुशी लाग्यो”, उहाँले भन्नुभयो, “विदेशमा तीन वर्ष काम गरेर फर्केपछि निरन्तर टिपर चलाउँदै आइरहेको छु, यसले म जस्ता अन्य चालकलाई थप सचेत गराएको छ ।”

आँखा तथा रक्तचाप परीक्षणमा संलग्न आँखा विशेषज्ञ डा सङ्केत पराजुलीले जाँच गरेका चालकमध्ये सबैजसोको आँखाको दृष्टि राम्रो नै देखिएको र रक्तचाप भने काम गर्दा गर्दैका अवस्थामा नै परीक्षण गरेको भएकाले उच्च भएको पाइएको बताउनुभयो । “सामान्यतय आधा घण्टाको आरामपछि चेक गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “केही चालकले भने उच्च रक्तचापको औषधिसमेत सेवन गरिरहेको छ, उहाँहरुलाई हामीले त्यसका लागि अपनाउनुपर्ने विधिका बारेमा जानकारी दिने र रक्तचाप बढी नै देखिएकालाई थप जाँचका लागि अस्पतालमा सम्पर्क राख्न भनेका छौँ ।”

सो क्रममा शारीरिक तनावका स्थितिमा रक्तचाप कतिको छ र सवारीको प्रदूषण तथा यान्त्रिक (ब्रेक, क्लच साइड मिरर र लाइट) को समेत कस्तो अवस्थामा सञ्चालन भइरहेका छन् भन्ने कुराको पूर्णरुपमा जाँच भइरहेको प्रमुख चापागार्इंले बताउनुभयो । ट्राफिक प्रहरीले जिल्लाको अरनिको राजमार्ग भएर गुडिरहेका सवारी साधन र मालबाहक गाडीका चालक र सहचालकको आँखा र रक्तचापको परीक्षण गरिरहेको हो । प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयको निर्देशनमा देशैभरि सञ्चालन भइरहेको र सो क्रममा काभ्रेपलाञ्चोकले पनि सो अभियान आयोजना गरेको उहाँले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ३ माघ बिहीबार  ७ : ०८ बजे

एन्फाद्वारा शहीदहरूको सम्झनामा श्रदान्जली समारोहको आयोजना

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जेनजी  आन्दोलनका

आफ्नो देशको समस्या लोकतान्त्रिक बिधी मार्फत देशभित्रैबाट खोजिनुपर्छः मनोजजंग थापा

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य मनोजजंग थापाले

नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटियो

काठमाडौं । जेन जी आन्दोलनका क्रममा राजधानीको केन्द्रमा रहेको संसद्

कोटेश्वरको भाटभटेनीमा पनि भेटियो डढेको शव, जेनजी आन्दोलनमा मृतक संख्या ७४ पुग्यो

काठमाडौं । जेनजी आन्दोलनले निम्त्याएको हिंसा र आगजनीबीच राजधानी काठमाडौंको

आन्दोलनको दबाबमा सभामुखको राजीनामा : राजनीतिक जिम्मेवारी कि नाटकीय भागाभाग ?

हेटौंडा । बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले जनदबाब र आन्दोलनको