२०८३, ११ बैशाख शनिबार

काभ्रे पाँचखालमा ईट्टा भट्टाको पर्खाल भत्किदा दुई बालकको मृत्यु, दुई घाइते

काभ्रे पाँचखालमा ईट्टा भट्टाको पर्खाल भत्किदा दुई बालकको मृत्यु, दुई घाइते



काभ्रे ३ माघ : काभ्रेको पाँचखालमा इट्टा उद्योगको पर्खाल (डग) भत्किदा दुई जना बालबालिकाको घटनास्थलमै मृत्यु भएको छ ।

नगरपालिकाको वडा नं ७ मा रहेको बीर हनुमान ईटा उद्योगको पर्खाल डग भत्किदा दुई जना बालबालिकाको घटनास्थमै मुत्यु भएको हो। मृत्यू हुनेमा रोल्पा जिल्ला गंगादह गाउँपालिका वडा नं.१ निवासी ज्ञानबहादुर परियारका तीन वर्षीय छोरी जेनिसा परियार र ११ महिनाको छोरा निर्माण परियार रहेका छ्न् ।

घाईते झरर्ना घर्तीलाई धुलिखेल अस्पतालमा उपचार गराउदै आमा मीना घर्ती

घटनामा परी घाईते हुनेमा भारतीय नागरि ३५ वर्षिय सीतादेवि पासवान र रोल्पा जिल्ला माडी गाउँपालिका निवासी मिना घर्तीकी ३ वर्षीय छोरी झरर्ना घर्ती रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रबिराज खडकाले जानकारी दिए ।

घाईते सीतादेवि पासवान र झरर्ना घर्तीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । भट्टा भक्तपुर निवासी सानु कोजु लगायतका टोलीले संचालन गर्दै आएका थिए ।

घटनामा परी अन्य मजदुरहरु पनि पुरिएको हुन सक्ने आशंका गरिएको छ । अहिले भत्किएको पर्खालका इट्टा पन्छाउन स्काभेटर, स्थानीय बासिन्दा र प्रहरी लागिपरेको स्थानीय राजकुमार श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७५, ३ माघ बिहीबार  ७ : ०९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले