२०८३, ८ कार्तिक आईतबार

काभ्रे पाँचखालमा ईट्टा भट्टाको पर्खाल भत्किदा दुई बालकको मृत्यु, दुई घाइते

काभ्रे पाँचखालमा ईट्टा भट्टाको पर्खाल भत्किदा दुई बालकको मृत्यु, दुई घाइते



काभ्रे ३ माघ : काभ्रेको पाँचखालमा इट्टा उद्योगको पर्खाल (डग) भत्किदा दुई जना बालबालिकाको घटनास्थलमै मृत्यु भएको छ ।

नगरपालिकाको वडा नं ७ मा रहेको बीर हनुमान ईटा उद्योगको पर्खाल डग भत्किदा दुई जना बालबालिकाको घटनास्थमै मुत्यु भएको हो। मृत्यू हुनेमा रोल्पा जिल्ला गंगादह गाउँपालिका वडा नं.१ निवासी ज्ञानबहादुर परियारका तीन वर्षीय छोरी जेनिसा परियार र ११ महिनाको छोरा निर्माण परियार रहेका छ्न् ।

घाईते झरर्ना घर्तीलाई धुलिखेल अस्पतालमा उपचार गराउदै आमा मीना घर्ती

घटनामा परी घाईते हुनेमा भारतीय नागरि ३५ वर्षिय सीतादेवि पासवान र रोल्पा जिल्ला माडी गाउँपालिका निवासी मिना घर्तीकी ३ वर्षीय छोरी झरर्ना घर्ती रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रबिराज खडकाले जानकारी दिए ।

घाईते सीतादेवि पासवान र झरर्ना घर्तीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । भट्टा भक्तपुर निवासी सानु कोजु लगायतका टोलीले संचालन गर्दै आएका थिए ।

घटनामा परी अन्य मजदुरहरु पनि पुरिएको हुन सक्ने आशंका गरिएको छ । अहिले भत्किएको पर्खालका इट्टा पन्छाउन स्काभेटर, स्थानीय बासिन्दा र प्रहरी लागिपरेको स्थानीय राजकुमार श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७५, ३ माघ बिहीबार  ७ : ०९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना