२०८२, २७ माघ मंगलबार

तयार भयो २०७६ सालको पात्रो, दशैँ कहिले ?

तयार भयो २०७६ सालको पात्रो, दशैँ कहिले ?


काठमाडौँ , माघ ३ : पञ्चाङ्ग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ । समितिको ६ दिनअघि बसेको बैठकले पात्रो तयार गर्ने निर्णय गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

पात्रोअनुसार २०७६ सालको दशैँ असोज १२ गतेदेखि शुरु हुने भएको छ । विसं २०७५ सालको तुलनामा आगामी वर्षको दशैँ १२ दिन अघि परेको छ । पात्रोअनुसार फुलपाती १८ गते, १९ गते महाअष्टमी, २० गते महानवमी र असोज २१ गते विजयादशमी परेको छ । तिहार कात्तिक १० गतेदेखि शुरु हुने भएको छ ।

काठमाडौँ , माघ ३ : पञ्चाङग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ । समितिको ६ दिन अघि बसेको बैठकले पात्रो तयार गर्ने निर्णय गरेको हो । पात्रो अनुसार २०७६ सालको दशै असोज १२ गतेदेखि शुरु हुने भएको छ । बिसं २०७५ सालको तुलनामा आगामी वर्षको दशै १२ दिन अघि परेको छ ।
पात्रो अनुसार १८ गते फुलपाती ,१९ गते महाअष्टमी, २० गते महानवमी र असोज २१ गते विजयादशमी परेको छ ।

तिहार कातिक १० गतेदेखि शुरु हुने भएको छ । १० गते लक्ष्मीपुजा, ११ गते गोवर्धन र म्ह पुजा र १२ गते भाइटीका रहेको पञ्चाङ निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।कातिक १६ गते छठ परेको छ । बैशाख २१ गते मातातीर्थ औशी, २४ गते अक्षय तृतीया, जेठ ४ गते बुद्धजयन्ती, साउन २० गते, नागपञ्चमी ३० गते र जनैपुर्णिमा भदौ ५ गते परेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

आगामी वर्ष भदौ ६ गते कृष्ण जन्माष्टमी र सुदुरपश्चिममा मनाइने गौरा पर्व एकै दिन परेको छ । तर सुदुरपश्चिमका मानशखण्ड पञ्चाङग निर्णायक समितिले भदौ २० गते गौरापर्व उल्लेख गरेर पात्रो सार्वजनिक गरेको समितिले जनाएको छ ।

आगामी वर्ष गौरा पर्व कहिले मनाउने भन्ने विषयमा विवाद देखिएको छ । तर समितिका अध्यक्ष प्राडा गौतमले विद्धानहरुले महिनौ अध्ययन गरेर निकालेको साइत नै मान्य हुने दाबी गर्नुभएको छ ।उहांले भन्नुभयो– भदौ ६ गते गौरापर्व र कृष्णजन्माष्टमी हो, यसमा दुविधामा पर्नुपर्ने छैन । आगामी वर्ष ३० दिन विवाहको साइत रहेका छन् । ब्रतबन्धको साइत १२ दिन रहेको छ । अधिकांश विवाह हुने महिनामा धेरै साइत रहेको समितिका अध्यक्ष गौतमले जानकारी दिनुभयो । उहाका अनुसार वृहस्पति र शुक्र नअस्ताएका कारण विवाहको अधिकांस महिनामा विवाहको साइत रहेको हो ।

गृह मन्त्रालयले विदाको सूचना जारी नगरेपनि निर्णायक समितिले माघ १७ गते पात्रो सार्वजनिक गर्ने गरी विभिन्न १३ संस्थालाई छपाई स्विकृति दिएको छ ।
‘हामीले निर्णय गरेर गृह मन्त्रालयलाई पठाइसकेका छौ, मन्त्रालयले निर्णय गरेपछि मात्रै नयाँ वर्षको क्यालेण्डर सार्वजनिक हुनेछन’–पञ्चाङग निर्णायक समितिका अध्यक्ष प्राडा गौतमले भन्नुभयो ।

उहाले विदेशमा रहने नेपाली र अन्य निकायले तालिका सार्वजनिक गर्न आग्रह गरेपछि पात्रो सार्वजनिक गरेको दावी गर्नुभयो । उहाले सरकारले विदाको सूचना जारी नगरेपनि पात्रो निकाल्ने कामलाई नरोकेको जानकारी दिनुभयो । उहांले भन्नुभयो–हामी सरकारको विदा दिने नदिने वास्तै गर्दैनौ, विदाको विषयमा समितिले कुनै चासो दिएको छैन । समितिले पञ्चाङको सम्पूर्ण विवरण सहित हामीले सबै तिथि, मिति उपलब्ध गराइसकेको छ । समितिले आगामी वर्षका लागि १३ संस्थालाई पात्रो छाप्न स्विकृत दिइसकेको छ । समितिले सिद्धिलक्ष्मी, तोयानाथ, हिमाल, अठोला, तारकेश्वर, सुर्य, आकाश दर्शन, वगलामुखी, शुभ, वावा गोरखनाथ, किर्ति र सिद्धी संस्थालाई पात्रो छाप्न स्विकृत दिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५, ३ माघ बिहीबार  ८ : २१ बजे

आज गाैरादहमा एमाले अध्यक्ष ओलीको स्थानीयसँग भेटघाट

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबार

मेघालयको अवैध कोइलाखानी विष्फोटमा ४ नेपालीको मृत्यु

खोटाङ । भारतको मेघालयस्थित अवैध कोइलाखानीमा माघ २२ गते भएको

एमाले सिन्धुली क्षेत्र नम्बर २ को निर्वाचन परिचालन कार्यालय स्थापना

सिन्धुली: आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बन्नु भएका

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २