२०८२, २२ फाल्गुन शनिबार

बुद्ध एयरले भारतको कोलकाता उडान भर्ने

बुद्ध एयरले भारतको कोलकाता उडान भर्ने


काठमाडौँ, २ माघ: निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको कोलकातामा आगामी विसं २०७६ वैशाख २ गते देखि उडान भर्ने भएको छ । पर्यटनलाई लक्षित गर्दै काठमाडौँ–कोलकता साताको तीन पटक उडान भर्ने कम्पनीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बङ्गाली पर्यटकलाई लक्षित गरी कोलकाता उडान शुरु गर्न लागिएको बताउनुभयो ।

उहाँका अनुसार साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार काठमाडौँ–कोलकत्ता उडान गरिनेछ । यो उडान हाल प्रयोग भइरहेको एटिआर–७२ विमानबाटै हुनेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोलकाता पुग्न १ घण्टा ४० मिनेट लाग्ने छ । यसअघि बुद्धले भारतको बराणसीमा उडान भर्दै आएको छ । बुद्धले पर्यटक यात्रुलाई विशेष जोड दिने तयारी रहेको जनाएको छ । हाल साताको करीब ८०० उडान गर्दै आएको बुद्धले कोलकतामा ६ उडान रहने प्रबन्ध निर्देशक बस्नेतले बताउनुभयो ।

कोलकातामा उडान सफल भएपछि विसं २०७७ भदौदेखि दक्षिण एशियाका विभिन्न गन्तब्यमा जेट विमानबाट उडान सञ्चालन गर्ने जनाएको छ । तत्कालका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अन्तर्राष्ट्रिय उडान भर्ने र पोखरा क्षेत्रीय विमानस्थल सञ्चालनमा आएसँगै विसं २०७८ भदौबाट पोखराबाट उडान भर्ने तयारी रहेको प्रबन्ध निर्देशक बस्नेतको भनाइ छ ।

पर्यटन प्रवद्र्धनार्थ केन्द्रित हुने कोलकता उडान सफल भएमा भारतकै अन्य गन्तब्यमा पनि बुद्धले आफ्नो सेवा पु¥याउने जनाएको छ । बुद्ध एयरका नौ वटा एटीआर विमान पुगेका छन् । यीमध्ये छ एटीआर–७२ र दुई एटीआर–४२ हुन् । बुद्धसँग दुई विचक्राफ्ट विमान पनि छन् । बुद्धले हाल आन्तरिकतर्फ भद्रपुर, विराटनगर, तुम्लिङ्टार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङ्टार र पोखरा–भैरहवा उडान भर्दै आएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ बुद्धले गत असार १५ गतेदेखि भारतको बराणसी सिधा उडान शुरु गरेको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २ माघ बुधबार  ९ : ५५ बजे

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय

सिन्धुली-२ मा आशिष गजुरेल विजयी

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै