२०८२, ३ पुस बिहीबार

‘डा गोविन्द केसी कम्युनिष्टको विरुद्धमा लागेका छन्’ : नेता भट्टराई

‘डा गोविन्द केसी कम्युनिष्टको विरुद्धमा लागेका छन्’ : नेता भट्टराई


इलाम, २ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले इलाममा अनशनरत डा गोविन्द केसी कम्युनिष्टको विरुद्धमा लागेको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टरले यहाँ आज आयोजना गरेको अन्तरक्रियामा उहाँले डा गोविन्द केसीलाई ‘कम्युनिष्ट फोबिया’को सङ्ज्ञा दिनुभयो ।

नेता भट्टराईले विगतमा डा केसीसँग भएका अधिकांश सम्झौता कार्यान्वयन भएको उल्लेख गर्दै संसद्मा रहेको विधेयक सबै पार्टीसँग लामो समय छलफल भएर समितिबाट पारित भएको बताउनुभयो ।

“राजतन्त्र फ्याँक्ने बेलामा राजा ज्ञानेन्द्रलाई पनि संसद्को निर्णय मान्य भयो भने अहिले डा गोविन्द केसीलाई चाहिँ त्यही संसद्ले गरेको निर्णय किन मान्य हँुदैन ?” उहाँले प्रश्न गर्नुभयो । प्रतिनिधिसभा, चिकित्सा शिक्षा तथा स्वास्थ्य विधेयक समितिका सदस्यसमेत रहनुभएका नेता भट्टराईले समितिबाट पारित चिकित्सा शिक्षा तथा स्वास्थ्य विधेयकको अध्ययन नगरी डा केसी अनशन बस्न इलाम आउनुभएको बताउँदै “तपाईहरू डा गोविन्द केसीलाई तटस्थ व्यक्ति भन्दै हुनुहुन्छ होला तर कदापि त्यो भ्रममा नपर्नु होला भन्नुभयो ।”

“चुनावका बेला चारतारे झण्डा बोकेर हिँड्ने व्यक्ति तटस्थ व्यक्ति हुँदैन”, उहाँले भन्नुभयो, “डा केसीले भनेबमोजिम विधेयकमा उपत्यकाभित्र १० वर्ष मेडिकल कलेज नखोल्ने, मेडिकल कलेज स्थापनाका लागि ३०० श्ययाको र डेण्टल तथा नर्सिङका लागि १०० श्ययाको अस्पताल अनिवार्य र त्यो अस्पताल तीन वर्ष सञ्चालन भएकै हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।

‘कालोधनको अनुगमन गर्ने निकाय छन्’
नेकपा नेता भट्टराईले डा केसीको मेडिकल कलेज स्वेत बनाउन खोजेको भन्ने अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै कालो धनका बारेमा अनुगमन गर्न सम्बन्धित निकाय भएकाले डा केसीले यसबारेमा बोल्नु उचित नभएको धारणा व्यक्त गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २ माघ बुधबार  ९ : १८ बजे

एमाले महाधिवेशन: अध्यक्षमा केपी शर्मा ओलीको शुरुआती अग्रता

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको

एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप, ८ बजेसम्म मत हाल्न सकिने

काठमाडौं । एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप,

जापानिज इन्सेफ्लाइटिसबाट पाँच महिनामा ६ जनाको मृत्यु, वृद्धवृद्धा बढी सङ्क्रमित

चितवन । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका जापानिज इन्सेफ्लाइटिसका

एमाले महाधिवेशनमा सौहार्दता, प्रतिस्पर्धी नेताहरू सँगै हिँडेर भोट माग्दै

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धामा

बबरमहल बम विस्फोट काण्डका दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर । बबरमहल बम विस्फोट काण्डमा दोषी ठहर भएका श्रम