२०८२, २४ चैत्र बुधबार

ग्याँस सिलिण्डर पड्किँदा एकको मृत्यु

ग्याँस सिलिण्डर पड्किँदा एकको मृत्यु


काठमाडौँ, २ माघ: काठमाडौँको गोङ्गबुमा ग्याँस सिलिण्डर पड्किँदा आज एक जनाको मृत्यु भएको छ । आज दिउँसो करीब १२ः३० बजेको समयमा श्याम ढुङ्गानाले सञ्चालन गरेको पिस नेपाल ह्याण्डीक्राफ्ट उद्योगमा सिलिण्डर पड्किँदा नुवाकोटको बेलकोट बस्ने ३२ वर्षीय मजदुर काजी तामाङ्को मृत्यु भएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका तामाङ्को उपचारका क्रममा अपरान्ह ३ः३० बजे महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो क्रममा उद्योगका मजदुर कैलाश श्रेष्ठ, राजकुमार विसी, रोशन तामाङ र अनिल पोखरेल घाइते भएका छन् । घाइतेको बयोधा अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनाको यकिन कारण भने नखुलेको र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । सिलिण्डर पड्किएर उद्योगमा आगलागीसमेत भएको छ । आगलागीबाट भएको क्षतिको विवरण आइनसकेको प्रवक्ता बोगटीले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २ माघ बुधबार  ६ : ५९ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि