२०८२, २ आश्विन बिहीबार

२०७६ को पात्रो माघ १५ गतेभित्र बजारमा आउँदै, बिदा बारे यस्तो छ निर्णय

२०७६ को पात्रो माघ १५ गतेभित्र बजारमा आउँदै, बिदा बारे यस्तो छ निर्णय


काठमाडौँ, माघ २ : विसं २०७६ को पात्रो माघ १५ गतेभित्र प्रकाशित भई बजारमा आउने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । विभिन्न चाड पर्व, विवाह, व्रतबन्ध जस्ता धार्मिक कर्म गर्ने मुहूर्त पात्रोमा दिइने भएकाले छिटो बजारमा ल्याउनुपर्ने माग भइरहेको बेला समितिको बैठकले गृहकार्य सुरु गरेको हो । यस वर्ष जस्तै आगामी वर्षमा पनि १३ वटा पात्रोलाई प्रकाशनका लागि स्वीकृति दिएको अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

यस वर्ष पनि सार्वजनिक बिदा पञ्चाङ्गमा समावेश गर्न नसकिएको समितिले जनाएको छ । सार्वजनिक बिदा सरकारले निर्णय गरेअनुसार हुने भनी उल्लेख गरिएको उहाँले जानकारी दिनुभयो । दशैँ, तिहार लगायत साइत पात्रोमै दिन माग भए पनि शास्त्रीय मान्यताअनुसार त्यसो नगरिएको समितिले जनाएको छ । त्यस्तै सरकारसँग २० हजार ५ सय युवाले १० लाख रुपैयाँको सहुलियत ब्याजको ऋण माग्दै आवेदन दिएका छन् । आफ्नो व्यवासायिक योजनासहित विदेशबाट फर्किएका युवाले वैदेशिक रोजगार प्रबर्धन बोर्डमा आवेदन पेश गरेका हुन् ।

यो अनुसार ऋण लगानी गर्ने हो भने सरकारले बैंकबाट २० अर्ब रुपैया छुट्याउनुपर्नेछ । भौतिक रूपमै उपस्थित भएर १८ हजार ७ सय ३१ जनाले आवेदन दर्ता गरेका छन् भने झण्डै २ हजारले अनलाइनमार्फत आवेदन दिएका छन् । यो अवधिमा २० हजार युवाले आफ्नो उद्यम गर्ने योजनासहित ऋण माग गरेको वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले सीआइएनलाई जानकारी दिनुभयो । सरकारले सार्वजनिक रूपमै यस्तो आवेदन खुला गरेको हिजोसम्म अन्तिम मिति तोकिएको थियो ।

प्रकाशित मिति : २०७५, २ माघ बुधबार  ९ : २८ बजे

साफ यू–१७ च्याम्पियनसिपः नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ । साफ यू–१७ च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको

रुकुम पूर्व केन्द्रबिन्दु भएर ४.६ म्याग्नीच्यूडको भूकम्प

काठमाडौं  । पूर्वी रुकुम र बागलुङ्गको सिमानालाई केन्द्रबिन्दु बनाएर भूकम्प

आजको मौसम : देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर मनसुन सक्रिय रहेकोले विभिन्न स्थानहरूमा भारी वर्षाको

एन्फाद्वारा शहीदहरूको सम्झनामा श्रदान्जली समारोहको आयोजना

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जेनजी  आन्दोलनका