२०८३, १९ आश्विन मंगलबार

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने


जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो २ बजे प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत मुख्यमन्त्री यादवले आफूले तोकिएको समयभित्र विश्वासको मत लिने तयारी पूरा गरेको जानकारी दिए ।

उनका अनुसार मंगलबार दिउँसो ३ बजे प्रदेश प्रमुख कार्यालयबाट विश्वासको मत लिन निर्देशनसम्बन्धी पत्र प्राप्त भएको थियो । सोही अनुसार प्रदेश सभा सचिवालयलाई आज औपचारिक पत्र पठाएर आफू विश्वासको मतका लागि तयार भएको उनले बताए ।

यादवले विगतमा आफूलाई समर्थन गरेका दलहरूले पुनः विश्वासको मत प्रदान गर्ने अपेक्षा व्यक्त गरे। उनले राजनीतिक स्थिरता र सरकारको कामलाई निरन्तरता दिन दलहरूको सहयोग महत्वपूर्ण हुने उल्लेख गरे।

यसअघि सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन (परमादेश) जारी गरेको थियो। अदालतको आदेशअनुसार नै मुख्यमन्त्री यादव भोलि विश्वासको मतका लागि सभामा उपस्थित हुने भएका हुन्।

प्रकाशित मिति : २०८२, १६ मंसिर मंगलबार  ७ : २८ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय