२०८२, ४ माघ आईतबार

आज २१ औं भूकम्पीय सुरक्षा दिवस मनाइँदै

आज २१ औं भूकम्पीय सुरक्षा दिवस मनाइँदै


काठमाडौँ, माघ २ : २१ औं भूकम्पीय सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ ।१९९० साल माघ २ गते महाभूकम्प गएको सन्दर्भ पारेर २०५५ सालदेखि भूकम्पीय सुरक्षा दिवस मनाउन थालिएको हो ।दिवसका अवसरमा आज भूकम्प सुरक्षासम्बन्धी विभिन्न कार्यक्रम हुँदै छन् ।

भूकम्पबारे जनचेतना जगाउन यो दिवस मनाउन थालेकै बीचमा २०७२ साल वैशाख १२ गते गएको गोरखा भूकम्पले ९ हजार मानिसको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए ।

आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने दुई सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । अझै पनि कतिपय पीडितको बास बनेको छैन ।भूकम्पपछिको पुनःनिर्माणका लागि पुनःनिर्माण प्राधिकरण गठन गरिएको छ ।

प्राधिकरणमा पटकपटक राजनीतिकरण हुँदा लामो समयसम्म पनि पुनर्निर्माणको काम सम्पन्न भएको छैन । पछिल्ला दिनमा भने पुनर्निर्माणको कामले तिव्रता लिँदै आएको छ ।

प्रकाशित मिति : २०७५, २ माघ बुधबार  ९ : ०० बजे

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता