२०८३, २८ श्रावण शुक्रबार

वाइडबडीमा माहुरी झुम्मिएपछि…

वाइडबडीमा माहुरी झुम्मिएपछि…


काठमाडौँ, माघ २ : काठमाडौंबाट मंगलबार दिउँसो २ सय ६ यात्रु बोकेर भारतको बैंग्लोरस्थित केम्पेगोडा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल वायुसेवा निगमको अन्नपूर्ण वाइडबडी विमान यात्रु ओराल्ने तरखरमा थियो । एकाएक माहुरीको आक्रमणमा पर्‍यो । विमानको दायाँ पखेटामा माहुरी भरिए । जहाज विमानस्थलको पार्किङ–वेको नौं नम्बरमा थियो । यात्रुहरू विमानबाट सहजै उत्रिए । कार्गोको ढोका खोलेर सामान झार्न लागेका कामदार भने माहुरीको आक्रमणमा परे । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

‘गाडी चलाइरहेका बेलोडरलाई माहुरीले टोक्यो,’ निगम उच्च स्रोतले भन्यो, ‘त्यसपछि एयरपोर्टको सेफ्टी विभागका कर्मचारीले माहुरी नियन्त्रण लिन जहाज घेराबन्दी गरे।’ माहुरीको टोकाइबाट जोगिने पोसाकसहित रासायनिक औषधि बोकेर सेफ्टीका कर्मचारी खटिए। अन्य विमानबाट टाढै राखेर माहुरी नियन्त्रण गर्ने योजना बनाइयो।

रानीले आफ्नो स्थान लिएपछि सबै माहुरी विमानमा एक ढिक्का भएर बसे। ग्राउन्ड ह्यान्डिलिङ्ग गर्ने ग्लोबल ग्राउन्ड इन्डियाका कर्मचारीले कार्गो कम्पार्टमेन्टबाट सामान झिक्ने र राक्ने काम सकेर कार्गो ढोका बन्द गरे। जहाजलाई पार्किङ क्षेत्रबाट ट्याक्सीवेमा पुर्‍याइयो। माहुरीहरू इन्जिनबाट निस्केको हावाको बेगले उड्न थाले। माहुरी भागेपछि रिमोट पार्किङमा लैजानु पर्ने झन्झट टर्‍यो। ‘यदि माहुरीको गोला पखेटाबाट नडेको भए जहाज समयमै उड्ने थिएन, समस्या आइपर्ने थियो,’ सम्बद्ध स्रोतले भन्यो, ‘तर पनि माहुरीकै कारण विमान ४० मिनेट ढिलो भयो।’ उक्त विमानको कमान्डर पाइलटमा एमएम डंगोल थिए।

निगमका अर्का पाइलटका अनुसार बैंङलोरमा जहाजमा माहुरी झुम्मिएको यो तेस्रो घटना हो। ‘यसअघि अन्य कम्पनीका विमानलाई माहुरीले असर पुर्‍याएको थियो,’ ती पाइलटले कान्तिपुरसँग भने, ‘हाम्रो विमानका लागी यो पहिलो घटना हो।’ यदि कामदारले असावधनीबस औषधि छर्केको भए त्यहाँ रहेका अन्य विमानका यात्रुलाई माहुरीले आक्रमण गर्ने सम्भावना थियो। तर, संयोगबस त्यस्तो हुन पाएन।

प्रकाशित मिति : २०७५, २ माघ बुधबार  ८ : ३५ बजे

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व

बागमतीमा जेएन थपलियाविरुद्ध अविश्वास प्रस्ताव : १८ सांसदको समर्थन, को–को छन् सूचीमा ?

हेटौँडा । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलभित्रको विवाद थप

किशोर श्रेष्ठलाई बरामद सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर

शिवम् सिमेन्टको नाफा ७८ करोड, कारोबार घट्दा लाभांश क्षमतामा दबाब

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको सुस्तताको असर सिमेन्ट उद्योगको वित्तीय