२०८२, २५ कार्तिक मंगलबार

भारतीय वेश्यालयमा लगेर ६ लाखमा युवती बेच्ने मुख्य नाइके पक्राउ

भारतीय वेश्यालयमा लगेर ६ लाखमा युवती बेच्ने मुख्य नाइके पक्राउ


काठमाडौँ, माघ २ :भारतमा राम्रो काम लगाइदिने भन्दै भारतको वेश्यालयमा लगेर प्रतियुवतीलाई ६ लाख रुपियाँमा बिक्री गरेको अभियोगमा धरान नगरपालिका १७ बस्ने च्याङ हाङ राई भन्ने सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

अभियुक्त राईले केही नेपाली युवतीलाई भारतको नयाँदिल्लीस्थित जिबी रोडमा रहेको वेश्यालयमा बेचेको पुष्टि भएपछि उनलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । प्रहरीले राईलाई धनकुटे रोडमा हिँडिरहेको अवस्थामा पक्राउ गरी कारबाही अगाडि बढाएको छ ।

अभियुक्त राईले विभिन्न क्षेत्रका टिन एजका युवतीलाई भारतमा राम्रो काम पाइने र दुःखबाट मुक्ति हुने भन्दै वेश्यालयमा लगेर बिक्रीवितरण गर्ने गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५, २ माघ बुधबार  ८ : ०९ बजे

आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं। आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ

हुम्लामा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, एक जना घाइते

अदानचुली (हुम्ला) । हुम्लामा विद्युत् पोल बोक्दै गरेको एक ट्याक्टर

भारत-अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौता लगभग

मुख्यमन्त्री यादवको आह्वान : तोडफोड र अराजकताविरुद्ध संयमित रहन आग्रह

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा भइरहेको

किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्ती आज मनाइँदै

काठमाडौं । आज किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्ती