२०८३, २ असार बुधबार

भक्तपुरमा माछा मार्ने जात्रा शुरु

भक्तपुरमा माछा मार्ने जात्रा शुरु


भक्तपुर, १ माघ:ऐतिहासिक एवं प्रसिद्ध नवदुर्गाको माछा मार्ने अर्थात न्यालाकेगु जात्रा शुरु भएको छ । भक्तपुर नगरपालिका–९ सूर्यमढी, वापे पाछाय्किगुबाट जात्रा शुरु भएको हो । हरेक वर्षझै नवदुर्गा देवगण जात्रा विभिन्न २१ स्थानमा सञ्चालन हुने परम्परा रहेको जात्रा व्यवस्थापन समितिका रत्नमान वनमालाले जानकारी दिनुभयो ।

सूर्यमढी, तचपाल, क्वाठण्डौ, गछेँ, दथुटोल, इनाचो, गोल्मढी, याछँे, तौमढी, तालाको, मुलाखु, गःहिटी, क्वाछँे, टिबुक्छेँ, विलाछँे, खौमा, इताछेँ, बालाखु, तुलाछँे, चोछँे र इच्छुमा माछा मार्ने जात्रा चलाउने गरिन्छ । मल्लकालदेखि नै सञ्चालन हुँदै आएको सो जात्रामा देवीले पहिरण र मुकुण्डो लगाई बाजाको तालमा देवगणले नाच्ने गर्दछन् । सो नाचमा खिंबाजा, तंबाजा, कंशबाजा, भैरव, महाकाली, बाराही, कुमारी, गुज्यकाली, महालक्ष्मी, महादेव, गणेश, ब्रह्मायणाी, महेश्वरी, भद्रकाली, पुजारी नकीं, बालकुमारी, दुम्ह, सिम्ह र श्वेतभैरव देवगण रहेको हुन्छ ।

जसअनुसार फरक–फरक ढङ्गका व्यवहार, पञ्चरङ्ग (रातो, कालो, सेतो, हरियो, पहेँलो) बाट विभिन्न किसिमको नाच प्रस्तुत गरिन्छ । नारीक्रोध, दानव नरसंहार, नारी विलाप, केटाकेटीको चकचके व्यवहार, मानव जीवनमा गर्ने बेलविवाह, दाम्पत्य जीवनमा हुने रीतिरिवाज, मतिना नाचसँग सम्बन्धित सो जात्रा रहने गरेको छ । जात्रामा माछा, अण्डा, बारा, चतामारी, योमारी, भटमास, सम्हेबजी, मासुको परिकार, गेडागुडी, दही चिउरा साथै चौरासी व्यञ्जनको प्रयोग हुन्छ । पञ्चबलिको रुपमा हाँस, कुखुरा, राँगो, बोका, भेडा बलि दिने गरेको पाइन्छ । साथै मुख्य बलिको रुपमा सुँगुर लखेटेर (बां लिकेगु) जात्रा मनाउने चलन रहेको छ ।

नवदुर्गा देवगणलाई प्रसादग्रहण (द्यो ब्वेकेगु) कार्य गर्दा आफ्नो सन्तान निरोगी हुने, गरेको काम सफल हुनुको साथै कुल स्थिर हुने जनविश्वास रहेको छ । कुनै आफ्नो दिन दशा बिग्रेको बेला नवदुर्गाको दही चिउरा, पञ्चरङ्गी धागो, मूल पात्रको जल, कालो टीका (मोहनी) ग्रहण गर्दा विघ्न बाधा हट्ने, निरोगी हुने, घरमा शान्ति हुने, डर त्रासबाट मुक्त हुने जन विश्वास रहँदैआएको छ । नवदुर्गाको जात्रा भक्तपुरमा मात्र नभई पशुपति, टोखा, गोकर्ण, साँखु, चाँगु, ठिमी, साँगा, नाला, धुलिखेल, बनेपा, खम्पु, पनौतीलगायत विभिन्न स्थानमा सञ्चालन हुने गर्दछ ।
-रासस

प्रकाशित मिति : २०७५, १ माघ मंगलबार  ९ : २३ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई